site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
हाइड्रो भिलेजमा एचआईडीसीएलको २० प्रतिशत लगानी
Siddhartha BankSiddhartha Bank

काठमाडौं । म्याग्दीस्थित ५७.३ मेगावाटको म्याग्दी खोला जलविद्युत् आयोजनाको प्रवद्र्धक हाइड्रो भिलेज प्रालिमा हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले २० प्रतिशत स्वपुँजी लगानी गर्ने भएको छ ।

स्वपुँजी लगानीको दायरालाई फराकिलो बनाउँदै लैजाने तथा सार्वजनिक निजी साझेदारी (पीपीपी) अवधारणाअनुसार एचआईडीसीएलले उक्त कम्पनीमा लगानी गर्ने निर्णय गरेको हो । लगानीसम्बन्धी सम्झौतामा एचआईडीसीएलका प्रमुख कार्यकारी अधिकृत अर्जुनकुमार गौतम र हाइड्रो भिलेजका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले हस्ताक्षर गरेका छन् ।

Agni Group
NIC Asia

एचआईडीसीएलको ११ वर्षको लगानी यात्रामा स्वपुँजी लगानी गरेको यो चौथो आयोजना रहेको प्रमुख कार्यकारी अधिकृत गौतमले बताए । निजी क्षेत्रका यस्तै अन्य आकर्षक आयोजनामा पनि लगानी गर्दै जाने बताउँदै उनले भने, “कम्पनीले तोकिएको समयभित्र आयोजनाको निर्माण पूरा गर्नेमा हामी विश्वस्त छौँ ।”

अब आयोजनामा हाइड्रो भिलेज, एचआईडीसीएल र मलेसियन कम्पनीको स्वामित्व रहनेछ । एचआईडीसीएलले सुझाएजस्तै तोकिएको समयमै निर्माण पूरा गरी बिजुली उत्पादन गर्न कम्पनीले तत्परताका साथ काम गर्ने कम्पनीका अध्यक्ष थापाले प्रतिबद्धता व्यक्त गरे । साथै, अहिले आयोजनास्थलसम्म पहुँच पुग्नेगरी सडक निर्माणको कार्य भइरहेको कम्पनीको प्रबन्ध निर्देशक सुशील पोखरेलले बताए । धवलागिरि हिमालको आधार शिविरनजिकै निर्माण हुने हुँदा यो आयोजनाले पर्यटकीय महत्त्व पनि बोकेको उनले बताए ।

Global Ime bank

म्याग्दीको धवलागिरि गाउँपालिकाको बगरमा निर्माण हुने यो नदी प्रवाही आयोजनाको ३ वर्ष अगाडि नै नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता (पीपीए) भएको थियो । आयोजनाबाट वार्षिक ३३ करोड ४० लाख युनिट (३३४ गिगावाट घन्टा) विद्युत् उत्पादन हुने अध्ययनले देखाएको छ । आयोजनाबाट उत्पादित विद्युत् विद्युत्गृहदेखि १३२ केभी डबल सर्किट प्रसारण लाइनमार्फत १७ किलोमिटर टाढा प्राधिकरणको डाँडाखेत सबस्टेसनमा लगेर जोडिने जनाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २६, २०७९  ११:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu