site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
३७ अंकले घट्यो नेप्से, १८८ कम्पनीको सेयर मूल्य घट्यो
Siddhartha BankSiddhartha Bank

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजारमा गिरावट भएको छ ।

गएको साताको पहिलो कारोबार दिन १०० अंकले वृद्धि भएको नेप्से त्यसपछि बुधबार सामान्य बढे पनि त्यसयता लगातार घटिरहेको छ । बुधबार पछिल्लो  एक वर्षयताकै न्यून विन्दुमा झरेर बन्द भएको नेप्से आज पनि गिरावट भएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

बिहीबार बजार परिसूचक नेप्से ३७.०६ अंकले गिरावट भएर २२३८.६२ अंकमा बन्द भएको छ । नेप्सेसँगै सबै उपसूचकमा गिरावट भएको छ । यो साता तीन दिन कारोबार भएको नेप्से तीन दिन नै गिरावट भएर बन्द भएको छ ।

नेप्सेमा गिरावट भए पनि कारोबार रकम भने केही बढेको छ । आज बजारमा एक अर्ब ६५ करोडको कारोबार भएको छ । बुधबार एक अर्ब २७ करोडको कारोबार भएको थियो ।

Global Ime bank

लगातार घटिरहेको बजारमा बिहीबार सूर्या लाइफ इन्स्योरेन्सको आठ करोड ४६ लाखको कारोबार हुँदा एनआईसी एसिया बैंकको ६ करोड ७५४ लाख र नबिल बैैंकको चार करोड ५२ लाखको कारोबार भएको छ ।

आज दिनभर बजारमा १९६ कम्पनीको सेयर कारोबार हुँदा १८८ कम्पनीको सेयर मूल्य घटेको छ भने पाँच कम्पनीको सेयर मूल्य बढेको छ । तीन कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।

आज कारोबार भएका मध्ये जाल्पा सामुदायिक लघुवित्तको सेयर मूल्य बढेर सर्किट लेभलमा बन्द हुँदा आरएमडीसी लघुवित्तको १.२७ प्रतिशत, कालिका पावरको ०.९८ प्रतिशत, ङ्यादी ग्रुप पावरको ०.७१ प्रतिशत र नेपाल दूरसञ्चार कम्पनीको सेयर मूल्य ०.२ प्रतिशतले बढेको छ ।

घलेम्दी हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ६.८६ प्रतिशतले गिरावट हुँदा मैलुङखोला जलविद्युत् कम्पनीको सेयर मूल्य ६.८१ प्रतिशत र शिवश्री हाइड्रोपावरको सेयर मूल्य ६.६३ प्रतिशतले गिरावट भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २२, २०७९  १५:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement