site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
रुसी क्षेप्यास्त्र आक्रमणमा युक्रेनी पत्रकारको मृत्यु 
Siddhartha BankSiddhartha Bank

किभ । युक्रेनको राजधानी किभमा बिहीबार रुसी फौजले प्रहार गरेको क्षेप्यास्त्रबाट एक युक्रेनी महिला पत्रकारको मृत्यु भएको छ । आक्रमणमा अमेरिकी लगानीमा सञ्चालित युक्रेनको रेडियो लिबर्टीकी ५५ वर्षीया पत्रकार भिरा हिरिचको ज्यान गएको हो । 

रुसले बिहीबार प्रहार गरेको दुईमध्ये एक क्षेप्यास्त्र पत्रकार भिराको घरमा खसेको थियो । उनको शव भग्नावशेषबाट निकालिएको हो । 

रेडियो स्टेसनकाअनुसार उनी हसिलो, दयालु र व्यावसायिक पत्रकार थिइन् । 

Prabhu Bank
Agni Group
NIC Asia

'संयुक्त राष्ट संघकाे अपहेलना'

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेस युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग वार्ताका लागि किभ भ्रमणमा रहेका बेला रुसी क्षेप्यास्त्र आक्रमण भएको हो ।

Global Ime bank

आक्रमणका बेला किभमा गुटरेस र जेलेन्स्कीबीच बैठक भइरहेको थियो । जेलेन्स्कीले रुसले संयुक्त राष्ट्र संघको अपहेलना गर्ने प्रयास गरेको आरोप लगाएका छन् । 

यसैबीच युक्रेनी अधिकारीहरूले एजोभ्सटल स्टिल कारखानामा फसेका सर्वसाधारणलाई बाहिर निकाल्ने योजना बनाइएको बताएका छन् ।

एक दातृ संस्थाले रुसी सेनाले युक्रेनमा दुईजना बेलायती दातृ कार्यकर्तालाई नियन्त्रणमा लिएको जनाएको छ ।

यसैबीच नेटोका उप महासचिव मिर्सिया गियोनाले युक्रेन युद्ध सकिन वषौँ लाग्न सक्ने बीबीसीलाई बताएका छन् । 

बीबीसीबाट । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १६, २०७९  २१:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय