site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुस्ताउँदै सेयर बजार : नेप्से १५ अंकले घट्यो, कारोबार एक अर्बमा झर्‍यो
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । साताको तेस्रो कारोबार दिन दिनभर उतारचढाव देखिएको  सेयर बजारमा अन्तिममा बजार परिसूचक नेप्से ०.६३ प्रतिशतले गिरावट भएर बन्द भएको छ । साताको पहिलो कारोबार दिन ९५ अंकको उच्च वृद्धिपछि सोमबार र आज मंगलबार पनि नेप्से लगातार घटेको छ । 

मंगलबार बजार परिसूचक नेप्से १५.०२ अंकले घटेर २३७०.९९ अंकमा बन्द हुँदा ‘क’ वर्गका कम्पनीहरूलाई मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १.७४ अंकले घटेर ४५२.९५ अंकमा बन्द भएको छ । आज बजार परिसूचकसँगै उत्पादनमूलक र म्युचुअल फन्डबाहेक सबै उपसूचकमा गिरावट भएको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

नेप्से घट्दा कारोबार रकम पनि मुस्किलले एक अर्ब पुगेको छ । आइतबार साढे दुई अर्बमाथिको कारोबार भएको बजारमा सोमबार पनि दुई अर्बमाथिको कारोबार भएको थियो । तर, आज भने बजारमा कारोबार रकम घटेर एक अर्ब चार करोड ६० लाख रुपैयाँबराबरमा सीमित भएको छ ।

नेप्सेमा ओरालो लागेको र कारोबार रकम पनि लगातार घटेर न्यून हुँदा बजारमा लगानीकर्ताको सक्रियता पनि घटेको प्रस्ट हुन्छ । बजार परिसूचकसँगै कारोबार रकम पनि घटेको बजारमा सिद्धार्थ बैंकको सर्वाधिक चार करोड २२ लाखको कारोबार हुँदा अपी पावरको चार करोड सात लाख र  नेस्डो समृद्धि लघुवित्तको साढे तीन करोडभन्दा माथिको कारोबार भएको छ ।

Royal Enfield Island Ad

आज दिनभर बजारमा १९६ कम्पनीको सेयर कारोबार हुँदा १५६ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ भने ३५ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । पाँच कम्पनीको सेयर मूल्य स्थिर छ ।

हालै मात्र नेप्सेमा सूचीकृत भएर दोस्रो बजारमा कारोबार सुरु भएको जाल्पा सामुदायिक लघुवित्तको सेयर मूल्य बढेर सर्किट लेभलमा बन्द हुँदा किसान लघुवित्तको सेयर मूल्य ४.०२ प्रतिशतले बढेको छ ।

हिमालयन पावर पार्टन लिमिटेडको सेयर मूल्य भने ५.४१ प्रतिशतले गिरावट हुँदा मल्टिपर्पस फाइनान्सको ५.०३ प्रतिशत र युनाइटेड इदी मार्दी एन्ड आरबी कम्पनीको सेयर मूल्य ४.०२ प्रतिशतले घटेको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख १३, २०७९  १५:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro