site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
गणेशमान सिंह राष्ट्रिय बक्सिङ : मिनु क्वार्टरफाइनलमा (तस्बिरहरू)
Siddhartha BankSiddhartha Bank

काठमाडौं । दक्षिण एसियाली खेलकुद प्रतियोगितामा स्वर्णपदक जित्न सफल मिनु गुरुङले शनिबार गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको क्वार्टरफाइनलमा स्थान बनाएकी छन् । 

वसन्तपुर डबलीमा आयोजित प्रतियोगितामा त्रिभुवन आर्मी क्लबकी मिुनले महिला ५१ किलो तौलसमूहमा मधेस प्रदेशकी रमिशा श्रेष्ठलाई हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएकी हुन् । सोही स्पर्धामा सशस्त्र प्रहरी बल (एपीएफ)की सन्जुमाया थिङले प्रदेश–१ की सुस्मिता श्रेष्ठलाई हराउँदै क्वार्टरफाइनलमा स्थान पक्का गरिन् । 

Agni Group
NIC Asia

 

वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीद्वारा आयोजित प्रतियोगिताको महिला ५७ किलो तौलसमूहमा बाग्मती प्रदेशकी स्वस्तिका तिरुवाले कर्णाली प्रदेशकी सुशिला थापालाई हराउँदै अन्तिम आठमा स्थान बनाइन् । सोही तौलसमूहमा प्रदेश–१ की सुस्मिता राईले सुदूरपश्चिम प्रदेशकी सन्जिता चौधरीलाई हराउँदै क्वार्टरफाइनलमा स्थान बनाइन् । 

Global Ime bank

पुरुष ५२ किलो तौलसमूहमा गण्डकी प्रदेशका आकाश रानाले लुम्बिनी प्रदेशका सुरज ओलीलाई तथा एपीएफका प्रदीप महर्जनले कर्णाली प्रदेशका मोहन गुरुङलाई हराउदै क्वार्टरफाइनलमा स्थान बनाए । पुरुष ५७ किलो तौलसमूहमा नेपाल पुलिस क्लबका शम्भु राजवंशीले सुदूरपश्चिमका रामबहादुर थापालाई  तथा एपीएफका पुरन राईले वाग्मती प्रदेशका मार्सल गुरुङलाई पाखा लगाउदै क्वार्टरफाइनलको यात्रा तय गरे । 

पुरुष ६३ किलो तौलसूहमा एपीएफका सोनाम सार्की र लुम्बिनीका अनिल पुन मगरले क्वार्टरफाइनलमा स्थान सुरक्षित गरे । सोनामले सुदूरपश्चिमका वीरेन्द्र रावललाई तथा अनिलले प्रदेश–१ का तोबिन प्रधानलाई हराएको थिए । पुरुष ६९ किलो तौलसमूहमा एपीएफका विक्रम चौधरीले मधेशका सचिन शाक्यलाई तथा लुम्बिनीका विकास रानामगरले गण्डकीका सुनिल विकलाई हराउँदै क्वार्टरफाइनलमा स्थान पक्का गरे । 

पुरुष ७५ किलो तौलसमूहमा त्रिभुवन आर्मीका दीपेश लामाले लुम्बिनी प्रदेशका गणेश सुनारलाई हराउँदै क्वार्टरफाइनलमा स्थान बनाए । 

त्यसअघि पूर्व उपप्रधानमन्त्री एवं गणेशमान सिंह फाउन्डेसनका अध्यक्ष प्रकाशमान सिंहले प्रतियोगिताको उद्घाटन गरेका थिए । उक्त अवसरमा सिंहले १३औँ दक्षिण एसियाली खेलकुदमा स्वर्णपदक जित्न सफल मिनुसहित भुपेन्द्र थापामगर र सनिल शाहीलाई एक लाख नगदसहित सम्मान गरेका थिए । नेपाल बक्सिङ संघका सदस्य ओमनारायण श्रेष्ठले नगद उपलब्ध गराएका हुन् । 

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले प्रतियोगिता सफलताका लागि शुभकामना दिदै नवौँ राष्ट्रिय खेलकुदको तयारीमा जुट्न सरोकारवाला सबैलाई अपिल गरे ।

प्रतियोगितामा पुरुषतर्फ ७ र महिलातर्फ ५ गरी १२ स्पर्धामा खेलागी प्रतिस्पर्धा गरेका छन् । सात प्रदेश र तीन विभागीय टोली गरी १० टिमका १०२ खेलाडीले प्रतिस्पर्धा गरेको प्रतियोगिताका संयोजक राजीव श्रेष्ठले बताए ।

प्रत्येक स्पर्धाका विजेताले २५ हजार, उपविजेताले १५ हजार र तेस्रो हुनेले दुई खेलाडीले समान ७ हजार ५०० रुपैयाँ नगद पुरस्कार जित्नेछन् । शनिबार सम्म हुने प्रतियोगिताको उत्कृष्ट पुरुष खेलाडीलाई मोटरसाइकल र उत्कृष्ट महिला खेलाडीलाई स्कुटर पुरस्कार दिइने छ ।

 

तस्बिरहरू : अभिषेक महर्जन/बाह्रखरी

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ६, २०७९  २१:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय