site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा, जापानमा पनि एक परीक्षा केन्द्र 
Siddhartha BankSiddhartha Bank

काठमाडौं । आगामी शुक्रबारबाट हुने माध्यामिक शिक्षा परीक्षा (एसईई)को सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले सबै जिल्लाका जिल्ला परीक्षा समन्वय समितिले सम्पूर्ण तयारी गरेकाले अब विद्यार्थीले वैशाख ९ गतेदेखि परीक्षा दिन मात्र बाँकी रहेको जानकारी दिए ।

“सबै तयारी पूरा भइसकेको छ । विद्यार्थीको तयारी राम्रै होला भन्ने अपेक्षा छ,” उनले भने ।

Agni Group
NIC Asia

बोर्डले परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन प्रदेश परीक्षा व्यवस्थापन समितिमार्फत जिल्ला परीक्षा समन्वय समिति बनाएको छ । उनले भने, “प्रदेशले प्रदेशअनुसारका सबै जिल्लालाई निर्देशन दिने तथा अनुगमन गर्ने काम गरिरहेको छ । केन्द्रबाट प्रदेशसँग समन्वय गर्ने काम हामीले गरेका छौँ ।” 

विगत दुई वर्षमा कोभिड १९ का कारण भौतिक रूपमा एसईई परीक्षा हुन नसकेपछि आन्तरिक रूपमा मूल्यांकन गरिएको थियो । त्यसैले कोभिड पछिको यो पहिलो विद्यालयको राष्ट्रियस्तरको परीक्षा हो ।

Global Ime bank

शैक्षिक सत्र ०७८ को यस परीक्षामा ५ लाख १४ हजार ७६० विद्यार्थी सहभागी हुनेछन् । परीक्षामा २ हजार ७ परीक्षा केन्द्र तोकिएका छन् भने केही समस्या परे समन्वयका लागि त्यही केन्द्रबाट एउटा उपकेन्द्र तोकिएको छ । यी केन्द्रमध्ये एउटा केन्द्र जापानमा पनि हुने छ । 

नियमित परीक्षार्थीतर्फ ४ लाख ८८ हजार ७४२ रहेका छन् भने ग्रेडवृद्धि अर्थात् पूरक परीक्षाका लागि ११ हजार ४५४ परीक्षार्थीहरू सामेल हुनेछन् । प्राविधिक धारतर्फ १४ हजार ५६४ परीक्षार्थी सहभागी हुनेछन् । 

परीक्षामा ११ हजार ६१५ विद्यालय सामेल हुनेछन् भने २९९ वटा प्राविधिक धारका विद्यालय रहेका छन् । यस्तै, परीक्षामा मनाङ जिल्लाबाट ४३ विद्यार्थी सहभागी हुँदैछन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ६, २०७९  १८:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu