साहित्य
काठमाडौं । नेपाली कथानक चलचित्र ‘हल्कारा’ अमेरिकाको ह्युस्टन फिल्म फेस्टिभलमा छनोट भएको छ ।
महेश त्रिपाठी मुख्य भूमिकामा रहेको चलचित्र ‘हल्कारा’ अप्रिल २० देखि २४ सम्म चल्ने फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर हुनेछ । फेस्टिभलमा यो पटक विश्वका ३० फिचर फिल्म र ६० भन्दाबढी सर्ट फिल्म प्रदर्शन हुँदै छन् ।
विक्रम सापकोटाले निर्देशन गरेको चलचित्रलाई विक्रमसँगै विप्लप प्रतीक र आकाश बरालले लेखेका हुन् ।
प्रकाशित मिति: सोमबार, वैशाख ५, २०७९ १६:३०
प्रतिक्रिया दिनुहोस्