site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
 
मधेस आन्दोलनका नाममा आत्महत्या गरेका र विदेशबाट आएर प्रहरीमाथि ढुंगामुढा गर्नेलाई पनि सहिद घोषणा गरेर राज्यको ढुकुटीबाट जनही १० लाख रुपैयाँ लुटाउने प्रपञ्च भइरहेको छ । माओवादीका नाममा मरेका, मारिएका, हराएकालाई पाँच लाख रुपियाँ राज्यको ढुकुटीबाटै दिने पनि सरकारले निर्णय गरेको छ । यस्ता बेलामा माओवादीको हातबाट मारिएका व्यक्तिका आफन्तले न्याय खोज्नु सायद मूर्खतामात्रै ठहरिएला । तर, गोरखा फुजेलका अधिकारी दम्पतीले यस्तै मूर्खता गरेको आधा दशक बढी भइसक्यो । छोरा कृष्णको हत्यारालाई कानुनबमोजिम कारबाही होस् भनेर नन्दप्रसाद र गङ्गामाया अधिकारीले सत्याग्रह सुरु गरेका थिए । उनीहरूलाई माओवादी नेता बाबुराम भट्टराई प्रधानमन्त्री छँदा उनैको आदेशमा मानसिक अस्पतालमा पठाएर विक्षिप्त साबित गर्ने प्रयास गरियो । पक्रेर थुनियो र चार भञ्ज्याङ कटाउने काम पनि गरियो । मध्ययुगीन अत्याचार सम्झाउने यी सबै काम जनताले चुनेका प्रतिनिधिको सरकार भएकै बेला भयो । न्याय नपाएपछि आमरण अनशन सुरु गरेका कृष्णका बाबु नन्दप्रसादले अस्पतालमै प्राण त्याग गरे । उनको शव अझै शव गृहमै अलपत्र परेको छ । अर्का छोरा बेपत्ता छन् । उनलाई बदनाम गर्ने प्रयत्न गरिएको छ ।
 
माअाेवादीका हातबाट मारिएका कृष्णकी आमा गंगामाया पनि अनशनमै छिन् । छोराका हत्यारालाई कानुनबमोजिम कारबाही होस् भन्नेमात्र उनको माग हो । तर, सरकारका सामु उनको क्रन्दन अरण्य रोदन सिद्ध भइरहेको छ । सरकार यसरी नै संवेदनहीन र क्रूर भइरहने हो गंगामायाको नियति पनि नन्दप्रसादकै जस्तो हुने डर छ । सम्भवतः यही कारणले मानव अधिकारकर्मीहरूले प्रधानमन्त्रीको ध्यानाकर्षण गर्न बालुवाटार क्षेत्रमा प्रदर्शन गर्न खोजेका हुन् । परन्तु, कानुनभन्दा आदेशका भरमा सञ्चालित हुने नेपाल प्रहरी र स्थानीय प्रशासनले उनीहरूलाई प्रधानमन्त्री निवास नजिक भेट्किनै दिएनन् । त्यतिमात्र हैन निषेधित क्षेत्रमा प्रदर्शन गर्न खोजेको भन्दै पक्रेर लगे । स्थानीय प्रशासनले निषेधित क्षेत्रको सीमा निर्धारण गर्दा अपनाएको आधारका सम्बन्धमा अहिलेसम्म प्रश्नसमेत उठाउने गरिएको छैन । प्रशासनको यस्तै अलोकतान्त्रिक प्रवृत्ति कायम रहने हो भने कुनै दिन सिंगो काठमाडौं उपत्यका नै निषेधित क्षेत्र घोषित भएमा आश्चर्य हुनेछैन ।
 
सत्याग्रही नन्दप्रसादको मृत्यु नेपालका लागि कहिल्यै नमेटिने कलङ्क सिद्ध भइसकेको छ । अब गंगामायाले पनि न्याय पाउलिन् वा उनले न्याय नपाए पनि अनशन छाड्लिन् भनेर आशा गर्ने खासै आधार पनि देखिँदैन । प्राथमिक कर्तव्य नै बिर्सेपछि राज्य नीति कथाको 'अन्धेर नगरी' बन्न पुग्छ । त्यति बेला सभ्यता, लोकतन्त्र र न्यायका कुरा गर्नु पाखण्ड सिबाय अरू केही हुनेछैन । यसैले विधिको शासनमा विश्वास गर्ने र लोकतान्त्रिक पद्धति अपनाउने हो भने गंगामायाको जीवन बचाउन सबै क्षेत्रबाट प्रयास हुनु जरुरी छ । अधिकारी दम्पतीले प्रहरीमा छोराका हत्याराहरू किटान गरेर जाहेरी दिएका छन् । उनीहरूले दाबी गरेअनुसार नै न्यायालयले पनि निर्णय गर्छ वा गर्नुपर्छ भन्नु हठ हुन्छ सत्याग्रह हुँदैन । यसैले सरकारले अरू घटनामा जस्तै यसमा किटानी जाहेरी परेकाहरूमाथि अनुसन्धान गरी अदालतमा पेस गर्ने काम त कम्तीमा गर्नुपर्ने हो । प्रहरीले राजनीतिक नेतृत्वको अनुहार हैन कानुन हेरेर कारबाही गरेमात्र व्यावसायिक ठहरिने हो । गंगामायाले अनुचित हठ गरिन् भने उनैले सहानुभूति र समर्थन गुमाउनेछिन् । तर, अहिले राज्य आफ्नो प्राथमिक दायित्वमै चुकेको छ । सरकारमात्र हैन गंगामायाका प्रश्नमा संसद्ले पनि आफ्नो गरिमा धान्न सकेन । सञ्चार माध्यमले पनि बलेकै आगो तापेको देखि थालेको छ । अदालतकै निर्णयसमेत विवादास्पद रह्यो । अझै समय छ, गंगामायाको जीवन बचाएर नेपाललाई दुई जना सत्याग्रहीको प्राण लिएको कलङ्क लाग्नबाट जोगाऊँ ! गङ्गामायाको प्राण अनशनमै गयो भने कानुनले हत्यारा नभने पनि आफ्नै अन्तरात्माले माफ गर्नेछैन भन्ने सबैले सम्झौं । 
NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १, २०७३  २१:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC