site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
आईपीएलमा आज दुई खेल, गुजरातलाई शीर्ष स्थानमा दुरी बढाउने मौका
Siddhartha BankSiddhartha Bank

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज शीर्ष क्लब गुजरात टाइटन्सले जितका लागि संघर्ष गरिरहेको चेन्नई सुपर किंग्ससँग प्रतिस्पर्धा गर्दैछ । त्यस्तै पञ्जाब किंग्सले सनराइजर्स हैदरावादसँग प्रतिस्पर्धा गर्दैछ । 

पुणेस्थित महाराष्ट्र क्रिकेट एसोसिएनको मैदानमा गुजरातलाई आजको खेल जित्दै शीर्ष स्थानमा अंक दुरी बढाउने मौका छ । चेन्नईलाई भने लगातार दोस्रो जित निकाल्ने अवसर छ । 

Prabhu Bank
Agni Group
NIC Asia

खेलेका पाँचमध्ये चार खेल जितेको गुजरात आठ अंकका साथ शीर्ष स्थानमा छ । दोस्रो र तेस्रो स्थानमा रहेका लखनउ सुपर जायन्ट र रोयल च्यालेन्जर्स बैंगलोरको पनि समान ८ अंक छ । तर, गुजरातले एक खेल कम खेलेको छ । आजको खेल जितेमा गुजरातको १० अंक हुनेछ र शीर्ष स्थानमा दुई अंकको अग्रता बनाउनेछ । 

चार पटकको विजेता चेन्नई भने खेलेका पाँचमध्ये एक खेलमा विजय हासिल गर्न सकेको छ । लगातार चार खेलमा पराजित भएको चेन्नईले पछिल्लो खेलमा बैंगलोरलाइ २३ रनले हराएको थियो । साविक विजेता चेन्नई पुछारबाट दोस्रो स्थानमा छ । अंकबिहीन मुम्बई पछारमा छ । मुम्बई ६ खेलमा पराजित छ । 

Global Ime bank

आजै पहिलो खेलमा पञ्जाबले हैदरावादसँग प्रतिस्पर्धा गर्नेछ । मुब्बईको डा. डीवाई पाटिल रंगशालामा पञ्जाब र हैदरावाद दुबै टोली जितका साथ शीर्ष स्थानको टोलीसँग अंक बराबरी गर्ने लक्ष्यमा हुनेछ । समान पाँच खेल खेलेका पञ्जाब र हैदरावादको समान ६ अंक छ । आजको खेलमा जितेमा आठ अंक हुनेछ । जुन शीर्ष स्थानको गुजरातसँग अंक बराबरी हो ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ४, २०७९  ०९:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय