अर्थ व्यवसाय
![नयाँ वर्षको अवसरमा क्यूआरमार्फत हुने कारोबारमा नबिल बैंकको क्यासब्याक योजना](https://12khari.top/uploads/posts/iadfkmmg1649914122.jpg)
![Global Ime bank](https://baahrakhari.com/uploads/bigyaapan/30885600.gif)
काठमाडौं । नबिल बैंकले महिला तथा युवा क्यूआर मर्चेन्टलाई लक्षित गर्दै नयाँ वर्ष २०७९ को अवसरमा क्यूआर कारोबारमा आधारित क्यासब्याक योजना सार्वजनिक गरेको छ ।
नबिल बैंक र संयुक्त राष्ट्र पुँजी विकास कोषको सहकार्यमा आधारित क्यूआर कोड : महिला र युवाका लागि नबिल बैंक डिजिटल प्रवर्द्धन परियोजनाअन्तर्गत यो योजना सुरु गरिएको बैंकले जनाएको छ ।
सुरुमा एक हप्ताका लागि सञ्चालन गरिने यस योजनामा महिला तथा युवा क्यूआर मर्चेन्टले गर्ने क्यूआर एवं महिला तथा युवा क्यूआर मर्चेन्टले गर्ने क्यूआर कारोबारमा ५ प्रतिशत वा अधिकतम प्रतिकारोबार २०० र प्रतिदिन प्रतिमर्चेन्ट अधिकतम ५०० सम्म क्यासब्याक प्रदान गरिनेछ । यो योजना यही वैशाख १ गतेदेखि लागु हुनेछ ।
प्रकाशित मिति: बिहीबार, वैशाख १, २०७९ ११:११
प्रतिक्रिया दिनुहोस्