site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
नाबालक छोरोलाई चुरोट र बियर पिउन लगाउने बाउको खोजी
Siddhartha BankSiddhartha Bank

बुखारेस्ट । आफ्नो सानो नाबालक छोरोलाई चुरोट र बियर पिउन प्रोत्साहित गर्ने एकजना रोमानियाली पुरुषको प्रहरीले व्यापक खोजी गरिरहेको छ । ती व्यक्तिको त्यस्तो अमानविय कार्यको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरी सर्तक बनेको हो । 

रोमानियाका ड्यानियल टेकु नामक एक व्यक्तिले फेसबुकमा सो भिडियो फुटेज सेयर गर्दै त्यसमा रहेका दुईजना वयष्कको पहिचान गरिदिन सर्वसाधारणलाई अनुरोध गरेका थिए । त्यसमा रोमानियाली जस्तै नै देखिने एक पुरुषले आफ्नो काखमा बसिरहेका बच्चालाई चुरोट तान्न प्रोत्साहित गरिरहेको देखिन्छ । ती बच्चाको पिता जस्तै लाग्ने ती पुरुषले बच्चाको मुखमा चुरोट राख्छन् र उनलाई बियर पिउन दिन्छन् र फेरि एक सर्को चुरोट तान्न लगाउँछन् ।

Agni Group
NIC Asia

भिडियोमा त्यसपछि बच्चाले निर्धक्कसँग लगातार चुरोट तान्दै बियर पिउन थालेको देखिन्छ । 

दि डेल्ली मिररकाअनुसार सँगै रहेका दुईमध्ये एकजना वयष्कले भन्छन्, "यसरी हो नि साँच्चीकै मर्द बन्ने तरिका !" भिडियोको उत्तरार्ध भागमा बच्चाले चुरोट ती पुरुषको मुखमा हालिदिन्छन् तर उनले फेरि त्यही चुरोट बच्चाकै मुखमा हालिदिन्छन् । त्यसपछि अर्को पुरुषले हाँस्दै चुरोट सल्काएको देखिन्छ ।

Global Ime bank

इन्डिपेन्डेन्टबाट ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २९, २०७८  ०४:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu