site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
काठमाडौं प्रशासनको चेतावनी– उपत्यकाको फोहोर ढुवानीमा अवरोध गरे कारबाही
Siddhartha BankSiddhartha Bank

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले फोहोर व्यवस्थापनमा अवरोध गरे कारबाही गर्ने चेतावनी दिएको छ । प्रशासनले आज एक सूचना जारी गर्दै फोहोरमैला व्यवस्थापन अवरोध गरे कानुनबमोजिम कारबाही गर्ने चेतावनी दिएको हो ।

‘‘नेपाल सरकारले आवश्यक सेवा सञ्चालन ऐन २०१४ अनुसार २०७८।०२। १७ गते प्रकाशित राजपत्रको दफा १४ मा फोहोरमैला व्यवस्थापनलाई अत्यावश्यक सेवाभित्र राखि अत्यावश्यक सेवा बन्द, निषेध गरेको र फोहोरमैला व्यवस्थापन ऐन २०६८ को दफा ३८ को उपदफा (ड) र (ढ) बमोजिमको कार्यलाई कसुर गरेको ठहरिने हुनाले सो बमोजिमको क्रियाकलाप गर्ने जोकोहीलाई ऐनको दफा ३९ को ९ बमोजिम सजाय गरिनेछ,” प्रशासनले जारी गरेको सूचनामा भनिएको छ ।

Agni Group
NIC Asia

पासाङल्हामु राजमार्ग अन्तर्गत पर्ने तारकेश्वर नगरपालिकाका स्थानीयले मुड्खु तीनपिप्ले सडक कालोपत्रे हुनुपर्ने माग राख्दै सडक अवरोध गर्दै आएका छन् ।

स्थानीयको अवरोधकै कारण काठमाडौंमा दुई सातादेखि १२ हजार मेट्रिक टन बढी फोहोर उठ्न सकेको छैन् । काठमाडौं महानगरपालिका लामो समयदेखि केन्द्रीय र प्रदेश सरकारलाई सडक पिच गरेर उपत्यकाको फोहोर विसर्जनको अवरोध हटाउन आग्रह गर्दै आएको छ ।

Global Ime bank

प्रशासनले उपत्यकाको फोहोर विसर्जनमा अवरोध नगर्न आग्रह गरेको छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत २८, २०७८  १८:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय