काठमाडौं । एनसेलले नयाँ वर्षको अवसर पारेर आकर्षक योजना सार्वजनिक गरेको छ । यी अफरहरू चैत्र २७ (आज) बाट सञ्चालनमा आएको जनाइएको छ ।
नयाँ वर्ष कम्बो प्याकअन्तर्गत ७ दिन र २८ दिन समय सिमा रहेका विभिन्न प्याकहरू सुचारु गर्न सकिने कम्पनीले जनाएको छ । प्याकअनुसार अलनेट भ्वाइस, अलटाइम डेटा, अलनेट एसएमएस र नन्स्टप अन नेट भ्वाइस सेवा जस्ता सुविधा पाइने जनाइएको छ ।
त्यस्तै रिचार्ज योजनाअन्तर्गत प्रत्येक ५० रुपैयाँ वा सो भन्दा बढीको हरेक रिचार्जमा बोनस स्वरूप फेसबुक, टिकटक, युट्युब प्रयोग गर्न सोसल मिडिया प्याक प्राप्त हुने जनाइएको छ ।
कम्बो प्याकअन्तर्गत ७ दिनको समय सीमा रहेको प्याक करसहित रु. ९६ मा सुचारु गर्न सकिन्छ । यस प्याकमा बन्डल गरिएको १ जीबी अलटाइम डेटा र कुनै पनि नेटवर्कमा कल गर्न सकिने १०० मिनेट अलनेट टकटाइमबाट फाइदा लिन सक्नेछन् ।
त्यस्तै रु १६८ मा ५ जीबी अलटाइम डेटा र १०० मिनेट अलनेट टक टाइम रहेको अर्को ७ दिने प्याक रु १६८ मा सुचारु गर्न सकिन्छ ।
२८ दिन समय सीमा रहेको प्याक पनि रहेको छ । जसअन्तर्गत रु.२९८ मा २.५ जीबी डेटासँगै २५० मिनेट अलनेट टकटाइमको फाइदा लिन सक्छन् । यो प्याक सुचारु गर्न एस्ट्रिक्स १७१२३ एस्ट्रक्स १ह्यास डायल गरी सुचारु गर्न सकिन्छ ।
कम्बो प्याकअन्तर्गत नै विषेश प्रिपेड ग्राहकका लागि धेरै डेटा भोलुम सहित २८ दिन समय सीमा रहेको अन्य दुई प्याकहरू पनि रहेका छन् । रु ७९८ मा एनसेलका प्रिपेड ग्राहकले हरेक दिन १ जीबी डेटासहित नन्स्टप अन नेट कल सुविधा, ५० मिनेट अफ नेट टक टाइम र १०० अलनेट एसएमएसको फाइदा लिन सक्ने जनाइएकोछ ।
२८ दिने प्याकमा रहेको अर्को योजनामा ग्राहकले रु ९९८ मा हरेक दिन २ जिबि डेटा २८ दिनसम्म, एनसेल नेटवर्कभित्र नन्स्टप कल सुविधा, १०० मिनेट अफनेट टक टाइम र २०० वटा अलनेट एसएमएस पाउँने जनाइएको छ ।
यसका साथै रिचार्ज योजनामा रु ५० वा सो भन्दा बढिको हरेक रिचार्जमा सोसल मिडिया डेटा प्याक प्राप्त गर्दछन् । रु. ५० देखि रु ९९ रिचार्ज गर्ने ग्राहकले १ दिनको समय सीमा रहेको ५० एमबी सोसल प्याक प्राप्त गर्दछन् । त्यस्तैगरी रु १०० देखि रु १९९ को रिचार्जमा ३ दिनको समय सीमा रहेको २०० एमबी सोसल प्याक र रु. २०० वा सो भन्दा बढीको रिचार्जमा ७ दिनको समय सीमा रहेको ५०० एमबी सोसल प्याक पाउने एलसेलले जनाएको छ ।