site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
विराटनगरको मेयरमा एमालेले पाँचजनाको नाम सिफारिस गर्‍यो
Siddhartha BankSiddhartha Bank

विराटनगर । आसन्न स्थानीय चुनावका लागि विराटनगर महानगरपालिकाको मेयरमा नेकपा एमालले पाँचजनाको नाम सिफारिस गरेको छ ।‌

महानगर कमिटीले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा एमालेबाट मेयर पदमा उठ्न चाहेका आकांक्षीको नाम सिफारिस गरेको हो ।‌ 

Prabhu Bank
Agni Group
NIC Asia

महानगर कमिटीको शनिबार बसेको बैठकले  उपप्रमुखमा पनि तीनजनाको नाम सिफारिस गरेको छ ।

मेयरमा एमाले विराटनगर अध्यक्ष सागर थापा, केन्द्रीय सदस्य रामलाल साह, जिल्ला उपाध्यक्ष बावुराम कार्की, पशुराम बस्नेत र  नेता महेश भट्टराईको नाम सिफारिस भएको छ । बस्नेत र भट्टराई पार्टीको प्रदेश–१ कमिटी सदस्य हुन् । 

Global Ime bank

उपप्रमुखमा शिल्पा कार्की, बिमला घिमिरे दाहाल र अन्जु उपाध्यय (शिला)को नाम सिफारिस गरेको पार्टीले जनाएको छ ।

महानगर अध्यक्ष सागर थापाले कुनै एकजनाको नाममा सहमति नजुटेपछि सबैको नाम सिफारिस गरिएको बताए ।‌ महानगरको उमेदवार अब केन्द्रले टुंग्याउने छ । 

विराटनगरको मेयरमा पूर्वमन्त्री लालबावु पण्डित र प्रदेश सामाजिक विकास मन्त्री जीवन घिमिरेको नाम चर्चामा थियो । तर, उनीहरूको नाम सिफारिस भएन । घिमिरेले आफू फेरि प्रदेश सांसद उठ्ने र मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्ने तयारीमा रहेकोले महानगरमा मन नगरेको बताए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २७, २०७८  ११:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय