site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रचण्ड–ओलीबीच तीन घण्टादेखि बालुवाटारमा छलफल 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल जारी छ । तीन घण्टाअघिदेखि उनीहरूबीच छलफल भइरहेको हो ।

आज बिहान करिब ९ बजे ओली बालुवाटार पुगेका थिए । छलफल अझै जारी रहेको प्रधानमन्त्रीका प्रेसविज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिए ।

Argakhachi Cement Island Ad

आइतबार पनि प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष ओली र गृहमन्त्री रवि लामिछानेबीच छलफल भएको थियो ।

गएको शनिबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ओलीनिवास बालकोट पुगेर भेटवार्ता गरेका थिए । त्यसयता राजनीतिकवृत्त तरंग बनेका बेला बालुवाटारमा लामै छलफल भइरहेको छ ।

प्रधानमन्त्रीको सचिवालयले भने समसामयिक राजनीति र सरकारका काम प्रभावकारी बनाउने विषयमा छलफल भइरहेको जनाएको छ ।

प्रकाशित मिति: सोमबार, असार १७, २०८१  १२:२१
प्रतिक्रिया दिनुहोस्