site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
अर्थमन्त्री र गभर्नरबीचको मतभेद छताछुल्ल, राष्ट्र बैंकमाथि आरोपको चाङ !
शुक्रबार राष्ट्र बैंकले आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्मा र गभर्नर महाप्रसाद अधिकारी ।
SkywellSkywell

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा र गभर्नर महाप्रसाद अधिकारी बीचको मतभेद छताछुल्ल भएको छ । शुक्रबार नेपाल राष्ट्र बैंकले आयोजना गरेको ‘अर्थशास्त्र र वित्त सम्बन्धी राष्ट्रिय सम्मेलन’को उद्घाटन गर्दै अर्थमन्त्री शर्माले दिएको अभिव्यक्तिले गभर्नर र अर्थमन्त्रीबीच गम्भीर मतभेद रहेको छर्लङ्ग भएको हो ।

अर्थमन्त्री शर्माले राष्ट्र बैंकमथि गम्भीर आक्षेप लगाएका छन् । केही समय अगाडि 'नेपाल आर्थिक संघले अर्थतन्त्रको वर्तमान अवस्था र अगामी बजेट' सम्बन्धमा आयोजना गरेको छलफलमा संघका अध्यक्ष डा. विश्वम्भर प्याकुरेलले अर्थमन्त्री, गभर्नर र योजना आयोगको उपाध्यक्षबीच समन्वयनको अभावले अर्थतन्त्र समस्यामा परेको बताएका थिए ।

पूर्वअर्थसचिव रामेश्वर खनालले पनि केही दिन अगाडि बाह्रखरीसँगको कुराकानीमा अर्थमन्त्रीले प्रणाली र त्यहाँका कर्मचारी तथा पदाधिकारीलाई विश्वास नगर्नु नै प्रमुख समस्या रहेको बताएका थिए । अर्थतन्त्रका जानकारहरू अर्थमन्त्री र गभर्नरबीच मतभेद रहेको बताइरहे पनि त्यो बाहिर आएको थिएन । तर, शुक्रबार अर्थमन्त्री शमाले राष्ट्र बैंककै कार्यक्रममा दिएको मन्तव्यले भने अर्थमन्त्री र गभर्नर अधिकारीबीच गम्भीर मतभेद रहेको स्पष्ट भएको छ ।

Dabur Nepal
NIC Asia

अर्थमन्त्री शर्माले कार्यक्रममा गत भदौमा आएको मौद्रिक नीतिले मार्जिन प्रकृतिको सेयर धितो कर्जामा प्रतिबैंक ४ करोड र प्रतिव्यक्ति १२ करोडको सीमाको प्रसंग निकाल्दै यो विषय के हो भनेर गभर्नरलाई प्रश्न गर्दा हस्तक्षेप भयो भनेर समाचार लेखाएको आरोप लगाए ।

“सेयर बजारमा ४/१२ गराइयो । यो किन गराएको भनेर प्रश्न सोधिन्छ ।  अनि म गभर्नरतिर फर्केर गभर्नर साबलाई सोध्छु, के हो यो ? के गर्नु भएको हो ? मैले के जवाफ दिनु ? सल्लाहकारलाई सोध्नै पर्‍यो,” अर्थमन्त्री शर्माले भने, “कहिलेकाँही बैंकको ब्याज वृद्धि हुन्छ । बैंकका सीईओहरूले हामीलाई ब्याजदर बढाउन लगाइयो, हामीले नबढाउने भनेको भनेर फोन गर्छन् । अनि गभर्नर साब के भयो किन बढ्यो ब्यादजर भनेर सोध्छु, सल्लाह लिनै पर्‍यो, कहाँ जाने ? कहिलेकाँही कोही आएर निवेदन दिन्छ, राज्य, सरकार, मन्त्री भएपछि मलाई अन्याय भयो, मर्का पर्‍यो भनेर निवेदन दिन्छ । त्यो निवेदन दिएपछि के छ ल यो हेरिदिनु न त भनेपछि मिडियालाई बोलाएर बुझाइन्छ ।”

आफूले आर्थिक सल्लाहकारको रूपमा के हो भनेर बुझ्न खोज्दा राष्ट्र बैंकले हस्तक्षेप भयो भनेर समाचार लेखाउने गरेको उनको आरोप छ ।

“ऐन कानुनमा चल्ने हो । चाहे त्यो कुनै संस्था अथवा मन्त्री होस्, राष्ट्र बैंक चल्ने राष्ट्र बैंक ऐन छ । सरकार चल्ने अर्को ऐन कानुन छ । कुरा त्यति हो,” उनले भने, “कोही सम्बोधन गर्न आयो नदिने, मेरो खाता रोकियो यस्तो भयो भन्दै आउँदा के हो त्यो बुझेर दिनुस् भन्दा त्यसलाई ठुलो कुरा बनाएर ठुलो मिडियो खोजेर गोप्य कुरा त्यहाँ पुर्‍याइन्छ किन ?”

उनले गभर्नरलाई लक्षित गर्दै आफूले लेखेको पत्र मिडियालाई दिएर समाचार लेखाएको भन्दै आक्रोश पोखे । बिहीबार कान्तिपुर दैनिकले अमेरीकाबाट आएको स्रोत नखुलेको ४० लाख डलर छुटाउन अर्थमन्त्री शर्माले राष्ट्र बैंकलाई पत्राचार गरेको समाचार सार्वजनिक गरेको थियो । 

उनले यस्तो अनुशासनले चल्छ भन्दै राष्ट्र बैंकका अधिकारीहरूलाई हपारे । कतिपय सूचनाहरू रिपोर्ट गर्नुपर्ने पनि राष्ट्र बैंकबाट रिपोर्ट नहुने गरेको उनले आरोप लगाए । “राष्ट्र बैंक सञ्चालकले बागर्नेनिङ गरेको सुनेको छु, आधिकारिक कुरा थाहा छैन मलाई,” उनले आरोप लगाउँदै भने, “३० हजार डलर चाहियो भनेर सञ्चालक समिति सदस्यले बागर्नेनिङ गरेको रे ! त्यस्ता सञ्चालक समिति सदस्यलाई राखेर पारदर्शिता हुन्छ ।”

उनले सबैले आ–आफ्नो मर्यादा राख्नुपर्दैन भन्दै राष्ट्र बैंकका पदाधिकारीलाई झपारे ।

राष्ट्र बैंकका प्रवक्ताले 'अर्थमन्त्रीले यसो गरकै हो, त्यो मानिँदैन' भन्दै प्रतिक्रिया दिएको अर्थमन्त्री शर्माको आरोप छ । उनले सबैको आ–आफ्नो ठाउँमा अनुशासन हुने भन्दै राष्ट्र बैंकको संस्थागत अनुशासन हुनुपर्दैन भन्दै प्रश्न गरे । 

राष्ट्र बैंकले वर्तमान आर्थिक समस्या समाधानको लागि दिएको सुझाव मिडियामा चुहाएको भन्दै उनले राष्ट्र बैंकको आलोचना गरे । “राष्ट्र बैंकले हामीलाई एउटा सुझाव दिएको छ, त्यो सुझाव केही अध्ययन गरेर दिएको होला, त्यो सुझावलाई कार्यान्वयनमा लग्दै गर्दा तयो मन्त्रालयमा आउनुभनदान पहिला पत्रिकामा आउँछ,” उनले भने, “त्यो निर्णयमा पुग्ने हो कि होइन थाहा छैन तर हाहाकार भएको छ, त्यसले अर्थमन्त्रमा प्रभव पार्छ नि । पहिले निर्णमा पुगेर जनतालाई सचेत गराउनुपर्‍यो तर निर्णय प्रक्रियमा नपुग्दै सूचना चुहिन्छ ।”

उनले पहिले सूचना चुहाएर प्रतितपत्र (एलसी) खोल्न दिएर अनि मात्रै एलसी खोल्न राष्ट्र बैंकले रोक लगाएको भनी आशंका व्यक्त गरे । “अहिले हामीले केही मसय नभए पनि हुने वस्तुको अहिले केही समय एलसी नखोल्ने भनेका छौँ,” उनले भने, “म आग्रह गर्न चाहान्छु, यो १०/१५ दिन यता कतिले एलसी खोले त्यसको रेकर्ड मलाई चाहियो । यो छलफल भए यता कतिले एलसी खोले।”

यति मात्रै नभएर आफूले हाइपर फन्ड, क्रिप्टोकरेनसीलगायत डिजिटल च्यानलबाट ‘क्यापिटल फ्लाइट’ हुँदैछ भनेर पाँच महिना अगाडि नै जानकारी गराउँदा पनि राष्ट्र बैंकले नियन्त्रण गर्न नसकेको उनले दाबी गरे ।

“क्रिप्टो, हाइपर फन्ड भन्ने हुँदो रहेछ, मलाई त्यो थाहा थिएन । डिजिटलर माध्यमबाट पैसा कता जाने भन्ने विधि आएको छ रे ! भनेर मैले गभर्नरलाई ५ महिना अगाडl नै भनेको थिएँ । विधि मलाई थाहा थिएन,” उनले भने ।

तर, अहिले त्यही समस्याको रूपमा आएको उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २५, २०७८  १९:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro