site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सीवाईसी नेपाल लघुवित्तले वैशाख २ देखि आईपीओ निष्कासन गर्ने 
प्रतीकात्मक तस्बिर ।
SkywellSkywell

काठमाडौं । सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आउँदो वैशाख २ गतेदेखि धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ । लघुवित्तले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँअंकित मूल्यमा तीन करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँबराबरको दुई लाख ३६ हजार २५० कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो ।

कम्पनले जारी पुँजी १२ करोड १६ लाख ४१ हजार ८७४ रुपैयाँको ३२.५ प्रतिशतले साधारण सेयर बिक्री गर्ने लागेको हो । निष्कासन गरिने कुल सेयरमध्ये ०.५ प्रतिशत अर्थात् ६ हजार हजार ८२ कित्ता सेयर लघुवित्तका कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ । ५ प्रतिशत अर्थात् १९ हजार ७६६ कित्ता सेयर सामूहिक लगानी कोषहरूलाई बाँडफाँड गरिएको छ । सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको तीन लाख ६९ हजार ४८८ कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

Dabur Nepal
NIC Asia

कम्पनीको आईपीओमा छिटोमा वैशाख ६ गते र ढिलोमा वैशाख १६  गतेसम्म आवेदन दिन  सकिनेछ । न्यूनतम १० र अधिकतम एक हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ ।

कम्पनीको आईपीओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ । कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङमा लघुवित्तलाई केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी माइनस’ इस्युअर रेटिङ प्रदान गरेको छ । यसले लघुवित्त समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २४, २०७८  १०:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro