site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नेदरल्यान्ड्सका प्रशिक्षक भान हाललाई क्यान्सर भएको खुलासा
Siddhartha BankSiddhartha Bank

काठमाडौं । नेदरल्यान्ड्स राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक लुइस भान हालले आफू क्यान्सर रोगबाट ग्रसित भएको खुलासा गरेका छन् । 

म्यानचेस्टर युनाइटेडका पूर्वप्रशिक्षक भान हालले आइतबार नेदरल्यान्ड्सको एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा आफूले ‘प्रोस्टेट क्यान्सर’को उपचार गराइरहेको बताएका छन् ।

Agni Group
NIC Asia

७० वर्षीय भान हालले पछिल्लो अन्तर्राष्ट्रिय ब्रेकमा पनि खेलाडीसँग यो कुरा लुकाएको बताएका छन् । ‘‘म यो कुरा खेलाडीलाई भन्न चाहन्नथेँ । किनकि, यस समाचारले खेलाडीको प्रदर्शनमा असर पर्न सक्थ्यो,’’ भान हालले भनेका छन् ।

उनी अहिलो नेदरल्यान्ड्सको प्रशिक्षकका रूपमा तेस्रो कार्यकाल सम्हालिरहेका छन् । सन् २०१४ मा नेदरल्यान्ड्सलाई तेस्रो स्थानसम्म पुरयाउन सफल भान हालले टिमलाई कतार विश्वकपमा स्थान सुरक्षित गराएका छन् ।

Global Ime bank

‘‘हरेकपटक मैले राष्ट्रिय टोली सम्हाल्दा खेलाडीले पत्तो नपाउने गरी अस्पताल गएको छु । उनीहरूले अझै पनि यो कुरा पत्तो पाएका छैनन् । म स्वस्थ छु भन्ने सोच्छन् । तर, म छैन,’’ भान हालले थपे ।

दुई वर्ष युनाइटेडको प्रशिक्षण सम्हाल्दा क्लबले २०१६ मा एफए कपको उपाधि जितेको थियो । उनले छाडेपछि जोजे माउरिन्होले युनाइटेडको जिम्मेवारी सम्हालेका थिए । भान हालले बार्सिलोना, आयाक्स, एजेड अल्कमार र बायर्न म्युनिखबाट लिग उपाधि जितेका छन् । 

उनले युनाइटेड, बार्सिलोना, बायर्न म्युनिख र आयाक्सलगायत क्लब हेरिसकेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत २१, २०७८  ०९:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय