काठमाडौं । १७औँ राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप प्रतियोगितामा नौ स्वर्णपदक जित्दै वाग्मती प्रदेश च्याम्पियन भएको छ ।
शनिबार सम्पन्न प्रतियोगितामा वाग्मतीले नौ स्वर्ण, पाँच रजत र ११ कास्यसहित कुल २५ पदक जित्यो । विभागीय टोली नेपाल प्रहरी पाँच स्वर्ण र एक कास्यसहित ६ पदक जित्दै दोस्रो भयो । तेस्रो भएको लुम्बिनी प्रदेशले तीन स्वर्ण, चार रजत र पाँच कास्यसहित १२ पदक जित्यो ।
सातदोबाटोस्थित तेक्वान्दो प्रशिक्षण केन्द्रमा दुई दिनसम्म भएको च्याम्पियनसिपमा सात प्रदेश र दुई विभागीय टोलीका गरी ३५० महिला र पुरुष खेलाडीको सहभागिता थियो । सिनियर र जुनियर गरी २६ तौल समूहमा प्रतिस्पर्धा गराइएको थियो ।
च्याम्पियनसिपमा राष्ट्रिय टोलीका खेलाडीलाई भने सहभागी नगराइएको आयोजक कमिटीका सजिव एवं नेपाल तेक्वान्दो संघका सदस्य कुमार लामा घिसिङले जानकारी दिए ।
थप तस्बिर हेर्नोस्-