site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
घातक बन्दै काठमाडौंको वायु प्रदूषण
फाइल तस्बिर

काठमाडौं । वायुको गुणस्तरबारे अध्ययन तथा विश्लेषण गर्ने स्वीस कम्पनी आईक्यूएयरले केही दिनअघि सार्वजनिक गरेको सूचीमा विश्वका प्रदूषित राजधानीमध्ये काठमाडौं छैटौं नम्बरमा परेको छ । ११७ देशका ६ हजार ४७५ वटा सहरको वायु गुणस्तर मापन तथा विश्लेषणमा राजधानी सहरहरूमध्ये काठमाडौं छैटौं नम्बरमा परेको हो । 

काठमाण्डौं उपत्यकाको पछिल्लो अपडेटअनुसार वायु प्रदूषण मापन सूचक एक्यूआई १६२ पुगेको छ । एक्यूआई १५० भन्दामाथि जानुलाई त्यहाँको हावा मानव स्वास्थ्यका लागि अस्वस्थ रहेको मानिन्छ । काठमाडौंको सहरी वायु प्रदूषणमा सवारी साधनको चाप नै मुख्य कारक रहेको वातावरणविदहरूले बताउँदै आएका छन् ।  इन्धनजन्य सवारी साधनबाट निस्कने कार्वन मनोअक्साइड, नाइट्रोजन मनोअक्साइडलगायत ग्यासले वायुको गुणस्तरलाई घटाइदिन्छन् र मानव स्वास्थ्यमा घातक असर पुर्याउनसक्छन् । त्यस्तै घरेलु प्रयोजनका लागि बालिने दाउरा गुइँठालगायतबाट निसकने धुँवा सहरी प्रदूषणभन्दा २० गुणा बढी हानिकारक हुने बताउँछन् वातावरणविद् भूषण तुलाधार । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वका २ अर्ब ६० करोड जनसंख्या अहिले पनि खुला आगोको प्रयोग गर्छन् । त्यसमा दाउरा, कोइला, इन्धनयुक्त आगोका स्रोतहरु छन् । वार्षिक ३८ लाख मानिसको घरेलु धुँवाजन्य रोगबाट मृत्यु हुने गरेको छ । वायु प्रदूषणकै कारण हुने विभिन्न रोगमध्ये २७ प्रतिशतमा निमोनिया, १८ प्रतिशतमा ह्रदयघात, २७ प्रतिशतमा अकस्मात देखिने मुटुरोग, २० प्रतिशतमा श्वासप्रश्वाससम्बधी रोग र ८ प्रतिशतमा फोक्सोको क्यान्सरका कारण मृत्यु हुने गरेको संगठनको तथ्यांक छ । 

कुन समयको वायु बढी प्रदूषित ? 
काठमाडौं सहरको हकमा बिहान ८–९ बजेदेखि दिउँसो ३ बजेसम्मको वायु धेरै प्रदूषित हुने गरेको पाइएको छ । यो समयमा हावा कम चल्ने भएकाले पनि हावा धेरै प्रदूषित हुने र उच्च बिन्दुमा पुग्ने गरेको वातावरणविद् तुलाधार बताउँछन् । 

वायु प्रदूषणको असरबाट कसरी जोगिने ?
घरेलु वायु प्रदूषणको असरबाट जोगिन विद्युतीय चुलोको प्रयोग बढाउन, आगो, कोइला, गुइँठाजस्ता स्रोतहरू सकेसम्म कम प्रयोग गर्न र प्रयोग गर्दा खुला ठाउँमा बाल्न वातावरणविदहरूको सुझाव छ । 

यो समयमा बाहिर निस्कँदा मास्कको अनिवार्य प्रयोग गर्न अन्य सुरक्षाका उपाय अपनाउन तुलाधारको सुझाव छ । अक्सिजनको मात्रा कम र प्रदूषणजन्य ग्यासहरूको मात्रा धेरै भएको अवस्थालाई एन्टी–अक्सिजन पोलुसन भनिन्छ । यो अवस्थामा एन्टी–अक्सिजन पोलुसनले छालाको बाहिरी तहलाई चाहिने भिटामिन सी र ई को मात्रालाई घटाइदिन्छ । छलारोग विशेषज्ञ डा. स्मृति श्रेष्ठ यसको परिणाम छालाको बाहिरी तहमा विभिन्न समस्या हुँदै यसको असर भित्रसम्मै पुग्ने भएकाले छाला स्वास्थ्यमा पनि सावधानी अपनाउनुपर्ने बताउँछिन् । 

एन्टी–अक्सिजन पोलुसनले ५ वर्षमुनिका बालबालिकाको फोक्सोमा असर पुर्याउने तथा गर्भमा रहेको शिशुलाई समेत घातक असर पुर्याउने चिकित्सकहरु बताउँछन् । लामो समय एन्टी–अक्सिजन पोलुसन भएपछिको अवस्थामा प्रदूषित वायुमा सल्फरडाइअक्साइड र नाइट्रोजनअक्साइडको चक्र मिल्नगएमा एसिड रेन हुनसक्छ । जुन वर्षा मानव स्वास्थ्यका दृष्टिकोणले अत्यन्तै घातक हुन्छ । 

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १५, २०७८  ०६:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro