site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
उद्योग वाणिज्य महासंघ र लगानी बोर्डबीच सम्झौता, लगानी प्रवर्द्धनमा सहकार्य गर्ने
Siddhartha BankSiddhartha Bank

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र लगानी बोर्ड नेपालबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

आपसी सहकार्यको माध्यमबाट मुलुकभित्र आन्तरिक र बाह्य लगानी प्रवर्द्धनमा सहकार्य गर्ने उद्देश्यले उक्त सम्झौता भएको हो । 

अर्थमन्त्री जनार्दन शर्माको उपस्थितिमा महासंघका अध्यक्ष शेखर गोल्छा र बोर्डका प्रमुख कार्यकारी अधिकृत शुशील भट्टले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

Agni Group
NIC Asia

सहमतिअनुसार अब महासंघको सचिवालयमा प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सहायताकक्ष स्थापना गरिनेछ । सहायताकक्षको सञ्चालनमा बोर्डको तर्फबाट प्राविधिक सहयोगका साथै सहायताकक्षको क्षमता अभिवृद्धि, सीप विकास र ज्ञानको आदानप्रदानमा सहयोग गरिने दुई पक्षबीच सहमति भएको छ ।

समझदारीअनुसार महासंघले राष्ट्रको आवश्यकताअनुसार लगानी परियोजनाको पहिचान, अन्तर्राष्ट्रिय रूपमा आफ्नो माध्यममार्फत लगानीकर्ताको खोजी गर्ने कार्यमा बोर्डलाई सक्रियतापूर्वक सहयोग गर्नेछ । त्यसैगरी, महासंघले स्वदेश तथा विदेशमा लगानीसम्बन्धी रोड शोका अतिरिक्त महत्त्वपूर्ण गतिविधिको आयोजनामा सहयोग गर्नेछ ।

Global Ime bank

त्यसैगरी, लगानी प्रवर्द्धनको दिशामा सार्वजनिक, निजी साझेदारीको अवधारणाभित्र रही दुवै संस्था निरन्तर सहकार्य, लगानीसम्बन्धी ज्ञान, अनुभव एवं सूचनाको आदानप्रदान, नीतिगत सुधारमा सहकार्य गर्ने छन् भने एफडीआई तथा लगानी प्रवर्द्धनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा आयोजना हुने सभा, सम्मेलन, प्रदर्शनी, गोष्ठी, कार्यशाला, तालिम र यस्तै प्रकारका अन्य गतिविधिको आयोजनामा महासंघले बोर्डलाई प्रत्यक्ष सहयोग पुर्‍याउनेछ ।

महासंघको अन्तर्राष्ट्रिय लगानी प्रवर्द्धन समितिले लगानी प्रवर्द्धनका लागि तयार गर्ने सबै दस्ताबेजमा बोर्डले पनि सहयोग गर्नेछ । 
त्यसैगरी, दुवै संस्थाले लगानीसम्बन्धी तथ्यांक, प्रतिवेदन, संयुक्त रूपमा तयार पारिएका प्रतिवेदन, बाह्य लगानी आकर्षणमा देखापरेका चुनौती तथा अवसर र सार्वजनिक निजी साझेदारीमा लगानीसम्बन्धी नीति पैरवीलगायत सहयोग, सहकार्य, आदान प्रदान गर्नेछन् ।  

दुवै संस्थाले सबै प्रकारका लगानी, परियोजना विकासलगायतमा संयुक्त रूपमा अध्ययन अनुसन्धानमा समेत सहकार्य गर्नेछन् ।

समझदारीपत्र हस्ताक्षर कार्यक्रममा बोर्डका उपाध्यक्ष समेत रहेका अर्थमन्त्री शर्माले मुलुकभित्र आन्तरिक एवं बाह्य लगानी प्रवर्द्धनका लागि बोर्ड र महासंघबीचको समझदारी एउटा अनुपम उदाहरण भएको बताए । यो सहमतिबाट सिंगो राष्ट्र नै लाभान्वित हुने उनको भनाइ छ ।

उनले लगानीका लागि गरिएको प्रतिबद्धताअनुरूप लगानी आउन नसक्नुका कारण मिहिन ढंगले अध्ययन गर्नुपर्ने बताए ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत भट्टले बोर्ड र महासंघबीचको समझदारी ऐतिहासिक भएको बताए । लामो गृहकार्यपश्चात् सम्पन्न समझदारीपत्र हस्ताक्षर कार्यक्रम एउटा ऐतिहासिक सुरुवात भएको भन्दै सहमतिलाई सफल पार्न बोर्डले कुनै कसर बा“की नराख्ने भन्दै महासंघबाट पनि आफूले पूर्ण सहयोग पाउने विश्वास व्यक्त गरे ।

महासंघका अध्यक्ष गोल्छाले मुलुकभित्र आन्तरिक एवं बाह्य लगानी प्रवर्द्धनमा समझदारी कोशेढुंगा हुने विश्वास व्यक्त गरे । यो समझदारीले लगानी बोर्डस“ग लगानी प्रवर्द्धनमा सहकार्य गर्ने ढोका खुुलेको बताए ।

महासंघको सचिवालयमा बोर्डको समेत संलग्नता र सहयोगमा खुल्ने सहायताकक्षले ठोस परिणाम दिने पनि उनले विश्वास व्यक्त गरे ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १३, २०७८  १४:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu