site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
आगामी चुनावमा कुनै पनि वाम दलसँग सहकार्य हुँदैन : नेता बस्नेत

पर्वत । नेकपा एमालेका नेता महेश बस्नेतले स्थानीय तहको चुनावमा कुनै पनि वाम दलसँग सहकार्य नहुने बताएका छन् ।  

पर्वत जिल्लाका विभिन्न पालिकाहरुको पालिका स्तरीय भेलामा सहभागी हुन आज पर्वत आएका बस्नेतले कार्यकर्ता भेटघाटमा नेकपा एमालेबाहेक अन्य दलहरु गैह्रकम्युनिष्ट भएकाले ती दलहरुसँग तालमेल नहुने बताएका हुन् ।  

उनले एमालेसँग टाँसिएर बहुमत ल्याउने सपना नदेख्न नेकपा (माओवादी केन्द्र) सहितका कम्युनिष्ट पार्टीलाई आग्रह गर्दै एमाले एक्लै निर्वाचनमा लड्ने गरी तयारी अवस्थामा रहेको बताए ।  निर्वाचनमा स्थानीय स्तरको आवश्यकता अनुसार तालमेल पनि हुनसक्ने बताउँदै उनले निर्वाचनमा सक्रिय भएर होमिन कार्यकर्ताहरुलाई आग्रह गरे । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शनिबार, चैत १२, २०७८  १३:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro