काठमाडौं । मध्यक्रममा ब्याट्सम्यान रोहितकुमार पौडेल नेपालबाट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा धेरै अर्धशतक बनाउने खेलाडी बनेका छन् ।
रोहितले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पपुवा न्युगिनीविरुद्ध अर्धशतक बनाएका हुन् । उनले ५४ बलमा तीन चौका र एक छक्कासहित ५० रन पूरा गरे ।
यसअघि रोहित र ज्ञानेन्द्र मल्लले समान चार अर्धशतक बनाएका थिए । रोहितकुमारको यो पाँचौँ अर्धशतक हो ।
पीएनजीविरुद्धको एकिदवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा २९३ रनको लक्ष्य पछ्याएको नेपालले २८ ओभरमा सकिँदा चार विकेट गुमाएर १३४ रन बनाएर खेलिरहेको छ । राहित ५० र आरिफ शेख २० रन बनाएर क्रिजमा छन् ।
रोहितकुमार र आरिफले पाँचौं विकेटका लागि ६१ रनको अविजित साझेदारी गरेर खेलिरहेका छन् ।