site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
युक्रेनलाई थप सहयोग, रुसमाथि नयाँ नाकावन्दी
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

वासिंगटन । अमेरिकाले रुसबाट भागेर आउनेबाहेक युक्रेनका एकलाख शरणार्थीलाई आश्रय दिने भएको छ । ह्वाइट हाउसले बिहीबार युक्रेनलाई थप १ अर्ब अ‍ेमरिकी डलरभन्दा धेरै बढी रकम बराबरको मानवीय सहयोग उपलब्ध गराउने घोषणा गरेको छ । 

सो रकम खाद्यान्न, आश्रय, स्वच्छ पिउने पानी, औषधि उपचार र अन्य विभिन्न सहयोगका लागि खर्च गरिनेछ । तर, आफ्ना घर र परिवारसँग नजिक रहने कारण अधिकांश युक्रेनी शरणार्थीहरू युरोपमै रहन चाहन्छन् ।
 
बाइडेन सरकारले अमेरिकामा आफ्ना परिवाका सदस्यहरू रहेका युक्रेनीहरूका लागि स्वागत गर्ने उद्देश्यले नयाँ कार्यक्रहरूको विकास र विस्तार गरिरहेको छ । रुसले युक्रेनमा आक्रमण गरेको एक महिना पुगेकाबेला बाइडेनले युक्रेनलाई उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) को सहयोग वृद्धि गर्ने निर्णय गरेकैबेला शराणार्थी सम्बन्धि यो घोषणा भएको हो । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

बेल्जियमको ब्रसेल्समा बसेको नेटोको आपतकालीन बैठकपछि बाइडेनले भनेका छन्, “हामी यस क्रुर युद्धका लागि रुसलाई जिम्मेवार ठहराउन कटिवद्ध छौं । हामीले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको कुरा प्रत्यक्ष सुन्ने अवसर पायौं । र, हामी उनी र उनको सरकारलाई रुसी आक्रमणविरुद्ध लड्न तथा आफ्नो प्रतिरक्षा गर्ने अधिकारलाई सहयोग पुर्याउन थप र महत्त्वपूर्ण परिमाणमा सुरक्षा सहयोग निरन्तर उपलब्ध गराउने छौं ।” 

बाइडेनले भनेका छन्, “अमेरिकाले उपलब्ध गराएको १ अर्ब डलर युक्रेनलाई थप सुरक्षा उपकरण र हवाई प्रतिरक्षा प्रणालीमा खर्च गरिनेछ । स्लोभाकिया, रोमानिया, बुल्गेरियार हंगेरीमा चार नयाँ युद्ध समूह स्थापना गरिनुबाट नेटोले रुसलाई नेटोको भू–भागको प्रत्येक इन्चको प्रतिरक्षा गर्दछ भन्ने कडा संकेत दिएको छ ।” 

Royal Enfield Island Ad

यसैगरी बिहीरबार रुसमाथि थप नाकावन्दीको घोषणा गरिएको छ । ग्रुप अफ सेभेनका नेताहरूले रुसको केन्द्रीय बैंकलाई आर्थिक कारोबारमा सुनको प्रयोग माथि रोक लगाउने घोषणा गरेका छन् । अमेरिकाले प्रतिरक्षा कम्पनीहरु, रुसको सबैभन्दा ठूलो बैंकका अध्यक्ष र रुसी स्टेट डुमाका तीन सयभन्दा धेरै सदस्यमाथि नाकावन्दी लगाउने घोषणा गरेको छ ।

नेटो बैठकलाई भिडियो सम्बोधन गर्दै जेलेन्स्कीले थप सैनिक सहयोग प्रदान गर्न आग्रह गरेका छन् । बीबीसी
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ११, २०७८  ०७:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro