site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
देउवाले 'एक्लौटी' गरिरहे शेखर समूहले समानान्तर गतिविधि गर्ने !
फाइल तस्बिर ।

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसभित्र महत्वपूर्ण दुईवटा भ्रातृ संगठनको तदर्थ समिति गठन भएसँगै आन्तरिक असन्तुष्टि बढेको छ । सभापति शेरबहादुर देउवाले नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलको तदर्थ समिति गठन गर्दा एकलौटी गरेको भन्दै शेखर कोइराला समूह रुष्ट बनेको छ । 

बुधबार सभापति देउवाले नेविसंघको अध्यक्षमा दुजाङ शेर्पा र तरुण दलको अध्यक्षमा विद्वान गुरुङलाई नियुक्त गरेका थिए ।

देउवाले आफूसँग सल्लाह नै नगरी दुई भ्रातृ संस्थाको नेतृत्व तोकेपछि नेता कोइरालाले बिहीबार आगामी योजनाबारे छलफल गरेका गरे ।

छलफलमा नेविसंघ, तरुण दल, महिला संघ, आदिवासी जनजाति संघलगायतका भ्रातृ संस्थाहरूको पूर्व पदाधीकारीहरू सहभागी थिए । नेता कोइरालाले उनीहरूसँग कसरी अघि बढ्दा उपयुक्त हुन्छ भनेर राय मागेको छलफलमा सहभागी नेता मनोजमणी आचार्यले बाह्रखरीलाई जानकारी दिए । 

सो क्रममा उपस्थित पूर्व पदाधीकारीहरुले सहमतिको प्रयासलाई अघि बढाउनमा जोड दिएका थिए । प्रयास गर्दा पनि देउवा एक्लै अघि बढ्न खोजे समानान्तर गतिविधि अघि बढाउनुपर्ने उनीहरूको जोड थियो ।

सहभागीमध्ये केहीले सबै भ्रातृ संस्थाको समानान्तर समिति बनाउनेसम्मको तयारी गर्नुपर्ने धारणा राखेका थिए । 

“सहमतिको प्रयास गरौँ । प्रयासमा सभापति आउनुहुन्छ भने सहयोग पुग्ने गरी अघि बढ्नुपर्छ । यदि उहाँ सहमतिमा नआई एकलौटी गतिविधि गर्नुहुन्छ भने समानान्तर गतिविधि गर्न सुझाव दिएका छौँ,” नेविसंघका पूर्व महामन्त्री मनोजमणी आचार्यले भने, “अब छलफल निरन्तरता पाउँछ । सभापतिजीसँग पनि छलफल हुन्छ । हामी बिचमा पनि छलफल हुन्छ । छलफलबाट सहमति नजुटे त्यसपछिका गतिविधिहरूको खाका पनि तयार हुन्छ ।”

सुझाव सुनेपद्नेछि नेता कोइरालाले आफूले सभापति देउवासँग संवाद गर्ने बताएका थिए । 

छलफलमा चन्द्र भण्डारी, प्रतिमा गौतम, भुपेन्द्रजंग शाही, गोविन्द पोखरेल, केशव सिंह, विनोद कायस्थ, कुसुम थापा लगायतका नेताहरू उपस्थित थिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बिहीबार, चैत १०, २०७८  १८:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro