site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पुटिनको १४,००० डलरको ज्याकेटसँग जेलेन्स्कीको हरियो टिसर्ट किन तुलना गरिँदै छ ?
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

मस्को । रुसका राष्ट्रपति भ्लादमिर पुटिनले युद्ध समर्थन र्‍यालीमा हालै लगाएको एक पफर ज्याकेटको मूल्य औसत रुसी नागरिकहरूको भन्दा २५ गुणा बढी छ । 

‘लोरो पिआना’को उनको ब्रान्डेड ज्याकेट १४ हजार डलरको थियो । त्यसँगै उनले लगाएको घाँटीसम्मको जम्पर इटालियन ब्रान्ड किटनको तीन हजार डलर पर्ने लुगा हो । धेरै देशहरूमा नेताहरूले यसरी अत्याधिक महँगो पहिरन लगाएर सार्वजनिक उपस्थिति जनाउनुलाई आत्मघाती मानिने गरिन्छ । तर पुटिनले भने यसमार्फत फरक सन्देश दिन खोजिरहेका छन् । यसैकारण उनको पहिरनलाई लिएर सबैतिर व्यापक चर्चा सुरु भएको छ । 

यसमा उनको महँगो पहिरनलाई युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध सुरु भएदेखि लगाएको साधा हरियो टिसर्टसँग तुलना गरिएको छ । यतिबेला विश्वव्यापी लोकप्रियताको शिखरमा रहेका जेलेन्स्कीको टिसर्टलाई युक्रेनी जनताको बहादुरी र शक्तिको चिन्हका रूपमा हेरिएको छ । जसले रुसी सेना विरुद्ध हस्तान्तरण गर्न अस्वीकार गर्दै कठिन लडाइँ लडिरहेका छन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

उता जेलेन्स्कीले पनि अनेकौँ प्रस्ताव आइरहँदा समेत आफ्नो सुरक्षाको ख्याल नगरि राजधानी किभमै रहने अडान लिएका छन् ।

पुटिनले चाहिँ युद्ध समर्थित र्‍यालीमा त्यस्तो पहिरन लगाउँदै देशमा आफ्नो बहादुर, बलवान र शक्तिशाली छवि कायम रहेको देखाएका छन् ।

Royal Enfield Island Ad

यसअघि पनि पुटिनले अत्याधिक महँगा छालाको पहिरन लगाएका तस्बिरहरू सार्वजनिक भएका छन् । त्यस्तै विना हेल्मेट मोटरबाइकमा यात्रा गर्ने, टिसर्ट नलगाई बन्दुक लिई शिकार खेल्ने गरेर उनी ‘माचोम्यान’ का रूपमा प्रस्तुत हुँदै आएका छन् ।

यसले उनको शैलीमा ‘म कसैसँग डराउँदिन, अरू सबै भन्दा माथि छु र शक्तिशाली छु’ भन्ने सन्देश दिन्छ ।

आफूलाई बारम्बार राष्ट्रप्रेमीको संज्ञा दिइरहने भएपनि पुटिनले दुर्लभै रुसमा उत्पादन गरिएका पहिरन लगाउने गरेका छन् । यता जेलेन्स्कीको साधा हरियो टिसर्टले चाहिँ राष्ट्रको पीडा उनले पनि बराबर महसुस गरिरहेको भन्ने संज्ञा दिइरहेको भनेर विश्वव्यापी प्रशंसा पाइरहेका छन् । 

पूर्वकलाकार भएको हुनाले पनि फेसनले अरू मानिसमा कुन किसिमको प्रभाव पार्न सक्छ भन्ने उनले राम्ररी बुझेका छन् । त्यसैले यस किसिमको लडाइँमा आबद्ध हरेक पुरुषले लगाएको साधा सुलभ पहिरन लगाएर उनले आफूलाई पनि जनताकै स्तरमा, सबैसँग समान रूपमा प्रस्तुत भइरहेका छन् । 

त्यस आधारमा पनि पुटिनको पहिरन जेलेन्स्कीको ठिक विपरीत छ । पुटिनले लगाउने गरेका पहिरन प्रायः धनाढ्य वर्गजस्तै जेफ बेजोस या चर्चित कलाकारहरूले लगाइरहेका हुन्छन् । यसकारण नै उनीहरूले अप्रत्यक्ष रूपमा समेत एकअर्कालाई टक्कर दिइरहेको चर्चा चलेको छ । दुवैले फरक फरक तरिकाले शक्ति प्रर्दशन गरिरहेका छन् । 

उता जेलेन्स्कीको ‘सधाबहार हरियो टिसर्ट’ बाट प्रेरित भएर यसअघि फ्रान्सका राष्ट्रपति इमान्युएल म्याक्रोँले पनि ‘सीपीए १०’ लेखेको फ्रेन्च स्पेसल हवाइ फोर्सको लोगोयुक्त ‘हुडी’ लगाएका थिए । तर उनले यसमा आगामी अप्रिलको चुनावका लागि छवि सुधार्न देखावटी गरेको भन्ने आरोप लगाइएको छ । 

यो ट्रेन्ड वास्तवमा फिडेल कास्ट्रो, चीनका माओ जेतोङ लगायत धेरै अगाडिका लिडरहरूले सुरु गरेको मानिन्छ जसले पनि आफ्नो शासनमा सैन्य पहिरन लगाउने गर्दथे । 

साउथ चाइना मर्निङ पोस्टबाट ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १०, २०७८  ०४:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro