site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
महिला लिग खेल्न विराटनगरको फुटबल टोली चितवनतर्फ
Sarbottam CementSarbottam Cement

विराटनगर । चितवनमा आयोजना हुने दोस्रो राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितोका लागि विराटनगरको टोली प्रस्थान गरेको छ । महानगरको टोलीलाई सोमबार एक कार्यक्रमबीच विदाई गरिएको छ । 

महानगरका मेयर भीम पराजुलीले टोलीलाई शुभकामना दिंदै सुखद नतिजा दिनेमा आफू विश्वस्त रहेको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

भने,“आत्मविश्वास र आत्मबलसका साथ मैदानमा उत्रिनु होस हाम्रो विजय सुनिश्चित छ ।” पराजुलीले टोलीले उपाधि हासिल गरे विशेष पुरस्कारको ब्यवस्था गर्ने पनि बताए । 

टोली व्यवस्थापक उद्धव अर्यालले दुई स्थानमा हुने लिगमा महानगरको टोली आफ्नो वरियतालाई सुधार्नेतर्फ लक्षित रहने बताए । कल्पना कार्कीको कप्तानीमा चार जना भारतीय महिला खेलाडीसहित विराटनगरले लिगमा भाग लिने उनले बताए । टिममा दार्जिलिङकी प्रिया तामाङ, झारखण्डकी आशाकुमारी र शिवानी तोप्को अनि मीना खातुन छन् । 

Global Ime bank

टोलीकी कप्तान कार्कीले लिगमा सबै महिला खेलाडीले शतप्रतिशत नतिजा दिने आत्मविश्वास साथ खेल्ने बताइन् । विगतको नतिजाबाट पाठ सिकेर टोली नयाँ तरिकाबाट मैदानमा उत्रने उनको भनाई छ । विदाई कार्यक्रममा खेलाडी, तथा अफिसियलको उपस्थिती थिए । मुख्य प्रशिक्षक पारस चौधरी भने अनुपस्थित थिए । 

लिगमा महानगरसहित तीन विभागीय टोली, स्याङ्जाको वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका, धनगढी उपमहानगरपालिका र ललितपुर महानगरपालिकाको सहभागिता रहनेछ। लिगको विजेता टोलीले २० लाख रुपैयाँ र ट्रफी प्राप्त गर्नेछ । त्यसैगरी, दोस्रो हुने टोलीले १० लाख, तेस्रो स्थानमा रहने टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ। राष्ट्रिय लिग अन्र्तगत पहिलो चरणको खेल चितवनमा र दोस्रो चरणको खेल विराटनगरमा हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ७, २०७८  २०:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement