site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
निर्वाचन कार्यतालिकाप्रति ओलीको असन्तुष्टि

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले स्थानीय निर्वाचनका लागि निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाप्रति असन्तुष्टि जनाएका छन् । 

काठमाडौंमा सोमबार बसेको एमाले पोलिट्व्युरो बैठकलाई सम्बोधन गर्दै ओलीले उमेदवारी मनोनयनको समय दुई दिन तोक्ने र उमेदवारी दिन पदाधिकारीहरुले राजीनामा दिनुपर्नेलगायत आयोगको व्यवस्थाप्रति असन्तुष्टि जनाएका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

ओलीले केन्द्रमा र प्रदेशमा राजीनामा गर्नु नपर्ने तर स्थानीय तहमा राजीनामा गर्नुपर्ने प्रावधान उचित नरहेको भन्दै आयोगको क्रियाकलाप एमालेविरुद्ध रहेको धारणा राखे । उनले स्थानीय तह निर्वाचनको तयारीका विषयमा आयोगले गठबन्धन दलसँग मात्र परामर्श लिएको आरोप लगाए । 

उनले अहिलेको अवस्थालाई मध्यनजर गर्दा कलात्मक ढंगले निर्वाचन सार्ने प्रयास भइरहेको टिप्पणी गरे । अध्यक्ष ओलीले यसपालिको निर्वाचनमा मतपेटिकालाई आँखाबाट ओझेल पर्न दिन नहुने बताए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ७, २०७८  १४:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय