देश
काठमाडौं । बलात्कार आरोप लागेका नेकपा एमाले नेता तथा निलम्बित सांसद मोहन बानियाँ पाँच लाख धरौटीमा छुटेका छन् ।
जिल्ला अदालत बाँकेले बानियाँलाई पाँच लाख धरौटीमा छोड्न आदेश दिएको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी मधुसदन न्यौपानेले जानकारी दिए ।
प्रहरीका अनुसार बानियाँ तोकेको रकम बुधबार नै बुझाएर रिहा भइसकेका छन् । जुम्लाकी एक शिक्षिकाले नेपालगञ्जस्थित अप्सरा होटलमा जबरजस्ती करणी गरेको भन्दै उजुरी दिएकी थिइन् । सोही उजुरीका आधारमा बानियाँलाई पक्राउ गरेर अनुसन्धान थालिएको थियो ।
प्रकाशित मिति: बिहीबार, चैत ३, २०७८ ०७:४६
प्रतिक्रिया दिनुहोस्