site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
वसन्तपुर डबलीको कंक्रिट संरचनाको निर्माण रोक्न माग
Siddhartha BankSiddhartha Bank

काठमाडौं । नेपाली कांग्रेस काठमाडौं महानगर समितिले हनुमानढोका क्षेत्रको वसन्तपुर डबलीमा कंक्रिट संरचना हटाउन माग गरेको छ ।

काठमाडौं महानगरपालिकाले विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदामा पुरातत्व विभागको अनुमतिविना नयाँ कंक्रिट संरचना बनाएको भन्दै कांग्रेस काठमाडौं महानगर समितिले उक्त संरचना हटाउन माग गरेको हो ।

Agni Group
NIC Asia

सोमबार महानगरका सभापति निलकाजी शाक्य नेतृत्वमा वसन्तपुर डबलीमा विरोध भएको थियो । 

विरोध प्रदर्शनपछि महानगर समितिका उपसभापति सन्तकुमार महर्जनको नेतृत्वमा काठमाडौं महानगरका कार्यकारी निर्देशकलाई निर्माण कार्य रोक्न पत्रसमेत बुझाइएको छ ।

Global Ime bank

मेयर विद्यासुन्दर शाक्यले रानीपोखरी, कमलपोखरी, बालगोपालेश्वर मन्दिरलगायतका संचरनामा कंक्रिटको प्रयोग गरी प्राचीन स्मारक ऐन २०१३ विपरीत काम गर्दै आएको उनीहरूको भनाइ थियो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ३०, २०७८  १९:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय