site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
सगरमाथामा चियापान आयोजना गरेर विश्व कीर्तिमान
Siddhartha BankSiddhartha Bank

न्युयोर्क । अमेरिकाको सियटल निवासी एक साहसिक व्यक्तिलाई विश्वकै सबैभन्दा अग्लो स्थानमा टी–पार्टी आयोजना गरेबापत गिनिज वर्ल्ड रेकर्ड्सले उपाधि दिएको छ ।

समुद्री सतहदेखि २१ हजार ३१२ फिट अग्लो सगरमाथामा बसेर आफ्ना टोलीसँग चियापान कार्यक्रम गरेका एन्ड्रयु ह्युगेसलाई विश्व कीर्तिमान उपाधिबाट सम्मानित गरिएको हो ।

Agni Group
NIC Asia

साहसिक कार्यहरू मनपराउने उनी एक एथलेट पनि हुन् । यसै महिना उनी र उनको टोलीलाई औपचारिक रूपमा गिनिज वर्ल्ड रेकर्डसले सो उपाधि प्रदान गरेको हो । उनीहरूले सन् २०२१ को २३ मे मा सगरमाथाको शिखरमा चियासँगै खाजा खाएका थिए । 

ह्युगेसले कोभिड १९ को महाारी चलिरहेका बेला नेपालमा सगरमाथा चढेर यस प्रकारको विश्व कीर्तिमान राख्ने योजना बनाएका थिए । 

Global Ime bank

उनले आफ्नो टोलीका सदस्य रोनन मर्फी, क्रिस्टिन बेन्नेट, ग्यार्रेट म्याडिसन, सिड प्याटिसन, रोवर्ट स्मिथ, आर्ट मुइर, हेलेन कोकी बेरेन्यी, क्रिस्लि मिलेस्क, बेन भेरेस, केविन वाल्स, क्रिस्टिन ह्यारिल्ला, मार्क प्याटिसन, रिक इर्भिन र जेम्स वाकरलाई चियापान गराएका थिए । 

सो चियापानमा उनले सियटलदेखि ल्याएका गर्ल्स स्काउटका सदस्यहरू पनि सम्मिलित थिए । न्युयोर्क सिटीको आवास प्रणालीमा योगदान दिन लागि खडा गरिएको गर्ल स्काउट ट्रुप ६००० बाट उनीहरू छानिएका थिए ।  

युपीआईबाट ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ३०, २०७८  ०४:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय