site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Nabil BankNabil Bank
रुस–युक्रेन द्वन्द्वबाट प्रभावित नेपालीको उद्धार सम्पन्न, स्थायी बसोबास लिएका ३८ परिवार युक्रेनमै
फाइल तस्बिर ।
Siddhartha BankSiddhartha Bank

काठमाडौं । रुस–युक्रेन द्वन्द्वबाट प्रभावित नेपालीको उद्धारकार्य सम्पन्न भएको जनाइएको छ ।

रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिको बैठकमा जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले युक्रेनबाट नेपाली सुरक्षित स्थानमा पुगेकाले उद्धारकार्य सम्पन्न भएको बताएका हुन् ।

खड्काले अरू देशको तुलनामा नेपालीको उद्धारकार्य निकै छिटो–छरितो भएकाले युद्धमा नेपालीको ज्यान सुरक्षित रहेको बताए । उद्धारपछि उनीहरूको पुनःस्थापना गर्ने कार्य चुनौतीपूर्ण रहेको पनि उनले बताए ।

Agni Group
NIC Asia

युद्ध सुरु भएपछि युक्रेनमा रहेका नेपाली पोल्यान्ड, स्लोभाकिया, हंगेरी, स्पेन, जर्मनी, रोमानिया र माल्दावालगायत देशमा पुगेका छन् ।

पछिल्लो तथ्यांकानुसार हालसम्म पोल्यान्डमा ४६६, स्लोभाकियामा ७८, रोमानियामा २८, हंगेरीमा आठ र चारजना माल्दावा पुगेका हुन् । हालसम्म ५८४ जना नेपाली सुरक्षित गन्तन्यमा पुगेको जनाइएको छ ।

Global Ime bank

राजदूत खड्का अनुसार तीन नेपालीलाई भारतीय उडानमार्फत उद्धार गरिएको छ । उनीहरू भारतको नयाँ दिल्ली हुँदै नेपाल आउने तयारीमा छन् ।

युक्रेनबाट निस्केका मध्ये ४० जना नेपालीले यात्रा अनुमतिपत्र ९ट्राभल्स डकुमेन्ट० लिएको जर्मनस्थित नेपाली दूतावासले जनाएको छ ।

करिब ३८ जनाको नेपाली परिवार आफ्नो व्यवसायसहित स्थायी बसोबास गर्दै आएकाले पारिवारिक, कानुनी र व्यावहारिक कारणले युक्रेनमा रहेको जनाइएको छ ।

उद्धार समितिका संयोजक तथा गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा। बद्री केसीले युके्रनको युद्धमा परेका नेपालीको उद्धारका लागि नेपाली समुदायले ठूलो सहयोग गरेका कारणले समयमै उद्धार गर्न सकिएको बताए । एनआरएनए सञ्जाल सक्रिय भएकै कारणले छिटो उद्धार सम्भव भएको उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन २६, २०७८  १४:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय