मस्को । एउटा प्रमुख क्रेडिट रेटिङ्स एजेन्सीले चाँडै नै रुस आफ्ना ऋण तिर्न असफल हुने बताएको छ । फित्च रेटिङ्सले आफ्नो विचार अघि सार्दै रुस सरकार डिफल्टमा पर्ने पक्का भएको चेतावनी दिएको हो ।
रुसले युक्रेनमाथि आक्रमण गरेकै कारण धमाधम रुसमाथि अन्तर्राष्ट्रिय प्रतिबन्धहरू लादिन थालेपछि यो स्थिति आएको हो ।
क्रेडिट रेटिङले लगानीकर्ताहरूलाई कुनै पनि मुलुकको ऋणपत्र वा बन्ड खरिद गर्दा खतराको स्तर के कति छन् भन्ने बुझाउन मद्दत गर्ने गर्दछ । न्युन रेटिङको अर्थ पुनर्भुक्तानी नहुने सम्भावना उच्च हुनु हो । जसले गर्दा लगानीकर्ताले त्यस्ता मुलुकलाई सापट दिन धेरै शुल्क असुल्न खोज्छन् ।
यस साता मस्को आफैँले पनि आर्थिक प्रतिबन्धका कारण आफ्नो बन्ड भुक्तानी प्रभावित हुनसक्ने बताएको थियो । अमेरिका र बलायतले रुसी तेलमाथि प्रतिबन्ध लगाउने घोषणा गरेपछि फित्चले आफ्नो धारणा सार्वजनिक गरेको हो ।
बीबीसीबाट ।