site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पर्वतमा मतदाता विवरण अद्यावधिक सुरु
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

पर्वत । स्थानीय तहको निर्वाचनको तयारीका क्रममा पर्वतमा मतदाता विवरण अद्यावधिक गर्ने काम सुरु भएको छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको मतदाता नामावलीमा कुनै त्रुटि भए सच्याउनका लागि निर्वाचन कार्यालयले आह्वान गरेसँगै शुक्रबारदेखि त्रुटि सच्याउन सुरु भएको छ । निर्वाचन आयोगको वेबसाइट वा आफ्नो वडा कार्यालयमा पुगेर मतदाता नामावलीको विवरण अध्ययन गरी अद्यावधिक गर्न कार्यालयले अनुरोध गरेको थियो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले आयोगको वेबसाइटमा राखिएको विवरण प्रत्येक वडा कार्यालयमा प्रिन्ट गरेर पठाइएकाले आफ्नो विवरण हेरेर सच्याउनुपर्ने भएमा वडाको सिफारिससहित निर्वाचन कार्यालयमा आउन अनुरोध गरे । एक हप्ताको अवधिमा विवरण सच्याउन नआउनेले पछि विवरण सच्याउने मौका नपाउने उनको भनाइ थियो

राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, सरकारी कार्यालयका प्रमुख, सुरक्षा निकाय, पत्रकारलगायतको सहभागितामा निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक र कार्यालयको निर्वाचन लक्षित तयारीका बारेमा शुक्रबार एक कार्यक्रम गरेर जानकारी  दिएको थियो । जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लामा  एक लाख २३ हजार १८५ मतदाताको विवरण सार्वजनिक भएको छ । 

Royal Enfield Island Ad

विसं २०७८ माघ २४ गतेसम्म १८ वर्ष पूरा भएका व्यक्तिले मतदान गर्न पाउने जिल्ला निर्वाचन अधिकारी शर्माले बताए ।  
अघिल्लो स्थानीय तहको निर्वाचनभन्दा अहिले १५ हजार ८८५ बढी मतदाता  देखिन्छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन २१, २०७८  ११:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro