विदेश
एजेन्सी । रुसले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने कार्यलाई निरन्तरता दिएको छ । बिरोधका स्वरहरु आउने माध्ययममा रुसले प्रतिबन्ध लगाउने कार्यलाई निरन्तरता दिएको हो । रुसले फेसबुकपछि ट्विटर र युट्युबमा पनि प्रतिबन्ध लगाएको छ ।
रुसमा युट्युब, ट्विटर र फेसबुक सबैभन्दा लोकप्रिय सामाजिक सञ्जाल हुन् । रुसको देशको मिडिया नियमाक रोस्कोमनाडजोरले ट्विटर र युट्युबमा प्रतिबन्ध लगाएको रुसी समाचार सेवा तासले जनाएको छ ।
रुसले युक्रेनमा २४ फेब्रुअरीदेखि आक्रमण सुरु गरेको थियो । उक्त आक्रमण सुरु भएदेखि नै रुसको चौतर्फी आलोचना हुँदै आएको छ ।
प्रकाशित मिति: शनिबार, फागुन २१, २०७८ ०९:३०
प्रतिक्रिया दिनुहोस्