site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेताहरूको ‘पोर्टफोलियो’ मिलाउँदै कांग्रेस, पाँच भ्रातृ संस्थाको विधान तयार
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारीको बैठक विगत केही दिनदेखि जारी छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा बाहेकका पदाधिकारीहरूको बैठक दिनहुँजसो बसिरहेको छ । 

बैठकमा नेतृत्वको वरीयताक्रम मिलाउने विषयमा छलफल भइरहेको सहमहामन्त्री भिष्मराज आङ्देम्बेले जानकारी दिए । 

गएको मंसिरमा पार्टीको १४ औं महाधिवेशन सम्पन्न भएपश्चात् कांग्रेसले नेताहरूको वरीयताक्रम मिलाउन सकेको छैन ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

महाधिवेशनपछि २ पटक केन्द्रीय कार्यसमिति बैठक बसेपनि वरीयताको विवाद कायमै छ । सभापतिको निकटतम प्रतिद्वन्द्वी शेखर कोइरालाको वरीयता २६ औं नम्बरमा राखेपछि असन्तुष्टि सार्वजनिक भएको थियो । यस्तै पूराना नेताहरू भन्दा भ्रातृ संस्थाको नेतृत्व गरेर आएका केन्द्रीय सदस्यहरूलााई वरीयतामा अघि राखेपछि थप असन्तुष्टि सार्वजनिक भएको थियो । 

पहिलो केन्द्रीय समिति बैठकमा सभापति देउवाले पदाधिकारी पश्चात् पूर्व पदाधिकारी र त्यसपश्चात्को पहिलो नम्बर डा. कोइरालाको वरीयता राखेका थिए । त्यसो गर्दा २० औं नम्बरमा परेका कोइरालाको वरीयता देउवाले केन्द्रीय सदस्यहरू मनोनयन गरेसँगै २६ औं नम्बरमा पुगेको छ । कोषाध्यक्ष नियुक्त गरिसक्दा उनको वरीयता २७ औं नम्बरमा पुग्ने निश्चित छ ।

Royal Enfield Island Ad

उनका समूहका नेताहरूले कोइरालाको वरीयता पूर्नविचार गर्नुपर्ने भन्दै असन्तुष्टि जनाउँदै आएका छन् ।  

“दिनहुँ हामी पदाधिकारी छलफलमा छौं । सबै विषयहरू टुंगो लाग्दै जाँदैछ । नेताहरूको वरीयताक्रमदेखि लिएर पार्टीको घोषणा पत्र, भ्रातृ तथा शुभेच्छुक संस्थाको विषयमा छलफल गर्ने र निर्णय लिने कामहरू भइरहेका छन्,” सहमहामन्त्री आङ्देम्बेले बाह्रखरीसँग भने ।

बैठकले पाँचवटा भ्रातृ संस्थाहरूको विधान पारित गरेको छ । भ्रातृ संस्थाहरूको विधान टुंगो लगाउने निर्णय फागुन ३ गते सम्पन्न भएको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गरेको थियो । 

माघ २७ गते देखि बसेको बैठकले भ्रातृ तथा शुभेच्छुक संस्थाहरुलाई गतिशिल बनाउने निर्णय गरेको थियो । बैठकको निर्णयअनुसार सात नम्बर बुँदामा विभिन्न भ्रातृ तथा शुभेच्छुक संस्थाको विधान स्वीकृत गर्ने निर्णय भएको थियो ।

उक्त बुँदाले नेपाल महिला संघ, नेपाल दलित संघ, नेपाल किसान संघ, नेपाल सांस्कृतिक संघ, नेपाल प्रजातन्त्र सेनानी संघको विधान स्वीकृत गर्ने निर्णय भएको थियो । 

सोही निर्णय बमोजिम प्राप्त भ्रातृ संस्थाहरूको विधान स्वीकृत गर्ने निर्णय पदाधिकारी बैठकले गरेको हो । 

सहमहामन्त्री जीवन परियारका अनुसार बैठकले पाँचवटा भ्रातृ संघको विधान टुंगो लगाएको बताए । बैठकले नेपाल दलित संघ, नेपाल महिला संघ, नेपाल किसान संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल सांस्कृतिक संघको विधान पारित गरेको छ । 

“एनपी दाईको समितिले विधानहरू जम्मा पाँच वटा थियो त्यही विधान मात्र बैठकमा पेश भएको हो । त्यसलाई हामीले टुंगो लगाएको हौं,” उनले बाह्रखरीसँग भने ।

कार्यसम्पादन समितिको बैठकको निर्णय वमोजिम म्याद सकिएको भ्रातृ संस्थाहरूको अधिवेशन गर्न तर्दथ समिति ल्याउने गृहकार्य बैठकले गरिरहेको छ । पार्टीले १३ भ्रातृ संस्थामध्ये १० वटा भ्रातृ संस्थाको बहालवाला समितिलाई भङ्ग गरिदिएको छ ।

कार्यसम्पादन समिति बैठकले नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल आदिवासी जनजाति संघ, नेपाल लोकतान्त्रिक अपाङ्ग संघ, नेपाल तामाङ संघ, नेपाल ठाकुर समाज, नेपाल महिला संघ, र नेपाल भूतपूर्व सैनिक संघको तत्कालीन केन्द्रीय कार्यसमितिहरूको तदर्थ समिति गठन गर्ने निर्णय गरेको थियो । बैठकले फागुन मासान्तभित्र नयाँ केन्द्रीय तर्दथ समिति निर्माण गर्नुपर्ने निर्णय गरेको थियो ।

चासोका साथ हेरिएको नेपाल विद्यार्थी संघ र नेपाल तरूण दलमा विधानको व्यवस्था बमोजिम उमेर हद लगाएर समिति ल्याउने तयारी बैठकको छ । कार्यसम्पादन समितिले पनि नेविसंघको हकमा ३२ वर्ष र तरुण दलको हकमा ४५ वर्ष उमेर समूहको कार्यसमिति ल्याउनुपर्ने निर्णय गरेको थियो ।

“विधानसम्मत तदर्थ समितिले ल्याउने गृहकार्य हो । संस्थामा थिति बसाउनुपर्छ भन्नेमा हामी जोड दिइरहेका छौं,” महामन्त्री गगन थापाले भने । 

भ्रातृ तथा शुभेच्छुक संस्था थप्ने गृहकार्य 

पार्टीले अहिले भ्रातृ तथा शुभेच्छुक संस्था थप गर्ने तयारी गरिरहेको छ । कार्यसम्पादन समितिको निर्णय बमोजिम केही भ्रातृ तथा शुभेच्छुक संस्था बन्न चाहेकाहरूको विधान अध्ययन भइरहेको उपसभापति धनराज गुरूङले बाह्रखरीलाई जानकारी दिए । 

उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरूङ, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा तथा सहमहामन्त्रीहरू बद्री पाण्डे, भीष्मराज आङ्देम्बे, महेन्द्र यादव, जीवन परियार, महालक्ष्मी उपाध्यय डिना, किशोरसिंह राठौर, फरमुल्लाह मन्सुर, उमाकान्त चौधरी तथा पार्टी प्रवक्ता प्रकाशरण महत नियमित बैठकमा छन् । 

बैठकमा भ्रातृ तथा शुभेच्छक संस्था विधानको मापदण्ड निर्धारण तथा एकरुपता समितिले पेश गरेको प्रतिवेदनअनुरूप आवद्ध हुन चाहने भ्रातृ तथा शुभेच्छुक संस्थाको विषयमा छलफल गरिरहेका छन् । 

उपसभापति गुरूङले चाहना राख्ने धेरै भएकाले अध्ययन र छलफल गर्ने काम भइरहेको बताए । लोकतान्त्रिक खेलकुद संघ, थारू संघ, निर्माण व्यवसायी संघलगायतले आवेदन दिएको गुरूङले बताए । 
 

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन २०, २०७८  १७:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro