जनकपुरधाम । नेपाली कांग्रेसको जिल्ला अधिवेशनअन्तर्गत पर्सामा संस्थापन पक्षको प्यानल विजयी भएको छ ।
मत परिणामअनुसार प्रतिद्वन्द्वी श्याम पटेल समूहलाई पराजित गर्दै सभापतिमा जनार्दन सिंह क्षेत्रीको प्यानल विजयी भएको हो ।
निर्वाचन अधिकृत नरेन्द्रकुमार केसीका अनुसार सिंहले एक हजार एक सय १० मत पाउँदा पटेलले ६४५ मत मात्रै ल्याए ।
त्यसैगरी, जिल्ला उपसभापतिमा रामनारायणप्रसाद कुर्मी र अशोककुमार गुप्ता विजयी भएका छन् ।
कुर्मीले एक हजार २३५ र गुप्ताले एक हजार १०२ मत प्राप्त गरे ।
यस्तै, सचिवमा इम्तियाज आलम एक हजार १८७ र दिनेशकुमार चौधरीले एक हजार १५९ मत ल्याएर विजयी भए ।
त्यसैगरी, नवीन सिंह एक हजार २५३ र मदन राउत अहिरले एक हजार १११ मत प्राप्त गरी सहसचिवमा विजयी भएका छन् ।