काठमाडौं । रुसले केही मुलुक रुसविरुद्ध लाग्ने तयारी गरेको आरोप लगाउँदै युक्रेनसँगको लडाइँलाई अन्तिमसम्म पुर्याउन चेतावनी दिएको छ । बधबार रुसी राष्ट्रिय टेलिभिजनसँगको अनर्वार्ताका क्रममा रुसका विदेशमन्त्री सेर्गी लेभरोभले रुसविरुद्ध लागे युक्रेनसँगको युद्धलाई अन्तिमसम्म पुर्याउने चेतावनी दिएका हुन् ।
लेभरोभले अहिलेसम्म आणविक युद्धबारे रुसको कुनै विचार नरहेको पनि बताए ।
युक्रेनका राष्ट्रपति भोलोदमिर जेलेन्स्कीले नाजी शासन व्याप्त समाजको प्रचार गरिरहेको पनि उनले आरोप लगाएका छन् ।
साथै,रुस र युक्रेनका अधिकारीबीच फेरि वार्ता सुरु हुने उनले बताए । तर, उनले पश्चिमसँग छलफल गर्दा दुवैतर्फबाट सम्मानजनक व्यवहार कायम गर्नुपर्ने उनको भनाइ छ ।
रुससँग धेरै राम्रा पक्ष भएको बताउँदै उनले कसैलाई पनि आफ्नो राष्ट्रिय हितको मुद्दालाई कमजोर ठान्न नदिने बताए । साथै, उनले रुसका लागि खतरनाक हुनसक्ने कुनै पनि युक्रेनी संरचना बाँकी रहन नदिने बताए ।
रुसले घना बस्ती भएका ठाउँमा आक्रमण गरिरहेको यक्रुेनको आरोपलाई खण्डन गर्दै लेभरोभले रुसी सेनालाई सैन्य संरचना नष्ट गर्न कडा आदेश दिइएको दाबी गरेका छन् ।
विनाप्रमाण अमेरिकाले युक्रेनमा अवस्थित रासायनिक र जैविक ल्याबमाथिको नियन्त्रण गुमाएकोमा चिन्ता जनाएको पनि उनले बताए ।
बेलायतमाथि युक्रेनमा सैन्य बेस स्थापित गरेको उनको आरोप छ ।
रोयटर्सबाट ।