site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संसद् अवरोध खुलाउन आग्रह गर्ने सत्ता गठबन्धनको निर्णय 
फाइल तस्बिर ।

काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूको बैठकले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)लाई संसद् बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गर्ने निर्णय गरेको छ ।

बिहीबार बालुवाटारमा बसेको बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नागरिकता विधेयक, हवाई विधेयकलगायत महत्त्वपूर्ण विषयमा छलफल गर्नुपर्ने भएकाले सदन खोल्न आग्रह गर्ने निर्णय गरिएको जानकारी दिए ।

“सार्वभौम संसद् लामो समयसम्म सञ्चालन नहुँदा जनतामा संसद्प्रति नै नकारात्मक धारणा बन्न सक्छ,” उनले भने, “बैठकले प्रमुख प्रतिपक्षी दललाई संसद्लाई सञ्चालन गरेर राष्ट्रका यावत् समस्याहरूका बारेमा संसद्मा छलफल गर्न वातावरण तयार गर्नका निमित्त आग्रह गर्ने निर्णय गरेको छ ।”

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता संसद्बाट अनुमोदन गर्न सहयोग गरेकामा नेताहरूलाई धन्यवाद दिएको पनि उनले बताए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बिहीबार, फागुन १९, २०७८  १२:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro