site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
किभमा आक्रमण गर्ने रुसको चेतावनी, खार्किभमा १० सर्वसाधारण मारिए
Siddhartha BankSiddhartha Bank

किभ । रुसी रक्षा मन्त्रालयले युक्रेनको राजधानी किभका वासिन्दालाई त्यहाँका विभिन स्थानमा लक्षित आक्रमणको तयारी गरिरहेको चेतावनी दिएको छ । मन्त्रालयले किभ प्रविधि केन्द्रहरूमा आक्रमण गर्न लागेको भन्दै वरपरका वासिन्दालाई सुरक्षित गन्तव्यमा जान सल्लाह दिएको छ ।

रुसी सशस्त्र फौज सवार सवारी साधनको लस्कर निरन्तर किभतर्फ बढिरहेका छन् । 

Agni Group
NIC Asia

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भिडियोमार्फत युरोपेली संसद्मा भाग लिँदै आफूहरूलाई कसैले टुक्रयाउन नसक्ने बताएका छन् । साथै उनले ईयूका विधायकहरूलाई युक्रेनलाई पनि ईयूमा समावेश गर्न आग्रह गरेका छन् ।

यसैगरी युक्रेनको दोस्रो ठूलो सहर खार्किभको मध्यभागमा रहेको फ्रिडम स्कवायरमा गरिएको आक्रमणको कारण भयानक विस्फोट भएको छ । यस घटनामा कम्तीमा १० जना सर्वधारणको ज्यान गएको बताइएको छ । 

Global Ime bank

यता बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले रुसलाई असभ्य र जथाभाबी तरिकाले आक्रमण गरिरहेको आरोप लगाएका छन् । 

बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १७, २०७८  २२:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu