अर्थ व्यवसाय
काठमाडौं । एभरेष्ट बैंक र आगन्तुक रिसोर्टबीच बैंकका ग्राहक र कर्मचारीहरूलाई छुट दिने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार रिसोर्टले आवासमा २३ प्रतिशत छुट तथा खाना र पेय पदार्थमा १४ प्रतिशत छुट दिनेछ ।
सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र रिसोर्टका कृष्णप्रसाद ज्ञवालीले हस्ताक्षर गरेको जनाइएको छ ।
प्रकाशित मिति: सोमबार, फागुन १६, २०७८ १३:०९
प्रतिक्रिया दिनुहोस्