site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
साहित्य
Global Ime bankGlobal Ime bank
पहिलोपटक खराब राजनीतिज्ञको भूमिकामा देखिँदै शिव श्रेष्ठ
SkywellSkywell

काठमाडौं । आगामी शुक्रबार (फागुन २० गते)बाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘लप्पन छप्पन २’को निर्माण टिमले आइतबार राजधानीमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्यो । यद्यपि, चलचित्रका केही  कलाकार कार्यक्रममा देखिएनन् । 

सिनेमाका मुख्य कलाकार सौगात मल्ल र अनुपविक्रम शाही लाखेको छायांकनको लागि मुस्ताङमा रहेकाले उपस्थित भएनन् । कार्यक्रममा सिनेमाका मुख्य अभिनेता अपर्ण थापा, शिव श्रेष्ठ र विशाल पहारी उपस्थीत कार्यक्रममा अभिनेता थापाले सिनेमाबाट आफूले धेरै अपेक्षा गरेको बताए ।

Dabur Nepal
NIC Asia

सिनेमा रिलिजको लागि थोरै समय बाँकी रहेकाले आफूहरु सिनेमालाई धेरै दर्शकसम्म पुर्याउन चुनौती रहेको अभिनेता थापाको बुझाई छ । सिनेमा राम्रो बनेको दाबी गरेका उनले दर्शकलाई निराश नबनाउने विश्वास व्यक्त गरे । 

निर्देशक मुकुन्द भट्टले ‘लप्पन छप्पन २’ पहिलो पार्टभन्दा राम्रो बनेको दाबी गरे । सिनेमाको पहिलो भागले दर्शको राम्रो साथ पाएपनि आफू सन्तुष्ट नभएका कारण आफू र दर्शक दुवैलाई सन्तुष्ट बनाउन दोस्रो पार्ट निर्माण गरेको बताए । 

सिनेमा देशमा अहिले चलिरहेको राजनितिक विषयसँग मिल्दो जुल्दो भएका कारण पनि दर्शकले नयाँपन पाउनुका साथै मनोरञ्जन पनि पाउने निर्माण पक्षले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

सिनेमामा अभिनेता शिव श्रेष्ठ पहिलो पटक खराब राजनीतिज्ञको भूमिकामा प्रस्तुत् भएका छन् । उनले पत्रकारसँग आफ्नो ४० वर्ष लामो सिनेमा करिअरमा पहिलो पटक फरक र चुनौतीपूर्ण भूमिका निवार्ह गर्ने अवसर पाएको बताए । उनले भने, “सिनेमामा अभिनय गरेका सवै सुपरस्टार भएपनि आफू भने सामान्य कलाकार मात्रै भएको बताए । म ४० वर्षदेखि सिनेमा क्षेत्रमा छु । अझैपनि मैले धेरै कुरा सिक्दै छु । यो सिनेमाबाट पनि मैले नयाँ कुरा सिक्न पाएँ । मैले सवैभन्दा धेरै आश गरेको सिनेमा पनि यही नै हो ।” 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १६, २०७८  १०:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro