काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष एवं सांसद राजेन्द्र लिङदेनले अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता तत्कालका लागि स्थगन गर्न माग गरेका छन् ।
आइतबार एमसीसीमाथि संसद्मा भएको सामान्य सैद्धान्तिक छलफलमा बोल्दै उनले एमसीसी केवल आर्थिक साहयता मात्र नभएको तथा जनता विभाजित भएको बेला स्थगन गर्नुपर्ने बताए । उनले राष्ट्रिय सहमति गरेर नयाँ तरिकाले परियोजना अघि बढाउनुपर्नेमा जोड दिए ।
“संसद्ले गर्ने हरेक निर्णय ठिक हुन्छ भन्ने हुँदैन । यसको दफादफामा छलफल र जनताले बुझ्ने गरी बुझाउनुपर्दछ । मानिसहरुको आशंका सत्य हो कि होइन जनतालाई बुझाउनुपर्दछ,” उनले भने ।
उनले बाहिर जनता सडकमा जनता हुनु, संसद्भित्र संसद्को ठूलो दलको नारा–जुलुस भइरहँदा एमसीसी अनुमोदन गराउन नमिल्ने जिकिर गरे ।