site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमसीसी टेबल हुँदैमा उत्साहित हुनुपर्ने अवस्था छैन, पारित गर्नुपर्छ : निजी क्षेत्र
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । लामो समयदेखि राजनीतिको कोपभाजनमा पारिँदै आएको अमेरिकी सहयोगसम्बन्धी परियोजना (एमसीसी) सम्झौता संसद्मा टेबल भएको छ । अब यो परियोजना अगाडि बढ्ने वा नबढ्ने भन्ने निर्क्योल संसद्ले गर्नेछ ।

राजनीतिक दलहरू एमसीसीको पक्ष र विपक्षमा देखिए पनि नेपालको निजी क्षेत्रका पदाधिकारीले भने यो परियोजना देशका लागि अतिआवश्यक रहेको जिकिर गरेका छन् ।

संसद्मा टेबल भएको यो सम्झौता अनुमोदन गरेर पूर्वाधार विकासमा लाग्नुपर्नेमा निजी क्षेत्रले जोड दिएको छ । सुरुवातदेखि नै निजी क्षेत्र एमसीसीको पक्षमा रहँदै आएको छ । निजी क्षेत्रले पूर्वाधार विकासका विषयलाई राजनीतिसँग नजोड्न समेत आग्रह गर्दै आएको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

एमसीसी संसद्मा टेबल भएर मात्रै उत्साहित हुनुपर्ने अवस्था बनिनसकेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा बताउँछन् । उनले एमसीसी राजनीतिसँग भन्दा पनि देशको समृद्धिसँग जोडिएको विषय भएको बताए ।

“संसद्मा टेबल भएको छ । टेबल हुँदैमा हामी उत्साहित त भएका छैनौँ, तर एउटा प्रक्रिया अगाडि बढेको छ,” उनले बाह्रखरीसँग भने, “यो ल्यान्डमार्क प्रोजेक्ट हो, यसलाई अगाडि बढाउनुपर्छ । यो पास भयो भने यसमा राम्रो प्रतिक्रिया आउँछ ।”

Royal Enfield Island Ad

उनले देशले पूर्वाधार, विकास, अन्तर्राष्ट्रिय लगानीको विषयमा कुरा गरिरहेको अवस्थामा यी सबै विषयसँग एमसीसी जोडिएको पनि बताए । यो परियोजना अगाडि बढाउन संसद्बाट पारित हुने विश्वास उनले व्यक्त गरे ।

नेपाल उद्योग परिसंघले पनि सम्झौता टेबल भएकै दिन त्यसको स्वागत गर्दै पारित गर्न आग्रह गरेको छ । अब सम्झौता संसद्बाट अनुमोदन भएर कार्यान्वयनमा जाने र देशले आर्थिक लाभ हासिल गर्नेमा परिसंघ विश्वस्त रहेको अध्यक्ष विष्णु अग्रवालले बताए ।

उनले सम्झौता संसद्बाट अनुमोदनका लागि आवश्यक पहल गर्ने प्रधानमन्त्रीसहित सबै राजनीतिक दलहरूलाई धन्यवाद समेत दिएका छन् ।

नेपालको आर्थिक विकासमा रणनीतिक महत्त्व दिने विद्युत् र सडक क्षेत्रको विकासका लागि एमसीसी सम्झौता महत्त्वपूर्ण रहेको परिसंघले जनाएको छ ।

“दिगो विकासका लक्ष्य हासिल गर्न र कोभिडपश्चात्को आर्थिक पुनरूत्थानका लागि ठूलो लगानी चाहिन्छ । यसका लागि पनि एमसीसीजस्ता पूर्वाधार सहयोग परियोजना नेपालका लागि आवश्यक छ,” अध्यक्ष अग्रवालले भने ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले पनि संसद्मा टेबल भएको एमसीसी सम्झौता पारित हुने विश्वास व्यक्त गरे । “एमसीसी संसद्मा टेबल भएको छ । सांसदहरूले राष्ट्रको हितकै पक्षमा छलफल गरेर पारित गर्नुहुन्छ भन्ने विश्वास छ,” उनले भने ।

उनले एमसीसीलाई राजनीतिक भन्दा पनि आर्थिक विषयवस्तुसँग जोडेर हेर्नुपर्ने बताए । “अमेरिकासँग धेरै वर्षदेखि आर्थिक, कूटनीतिक सम्बन्ध छ । यसलाई राजनीतिक भन्दा पनि आर्थिक विषयवस्तुसँग जोडेर हेर्नुपर्छ । राष्ट्रको हितलाई हेरेर यो पास गर्न उचित हुन्छ,” उनले भने ।

एमसीसीका विषयमा जनतालाई भ्रम छरिएको भन्दै उनले यसको निवारण पनि सांसद्हरूले संसद्बाट गर्नुपर्ने बताए । “अहिले आम जनतामा यसबारे भ्रम भइरहेको छ । कुरा एउटा छ, तर अनर्गल प्रचार भइरहेको छ”, उनले भने, “संसद्मा बृहत् रूपमा छलफल गरेर त्यसको सन्देश पनि आम जनतालाई दिनुपर्छ ।”

उनले छिमेकी एवं दातृराष्ट्रसँगको कूटनीटिक सम्बन्धलाई पनि ध्यानमा राख्नुपर्ने बताए । “हामीलाई छिमेकी मुलुक भारत, चीन, अमेरिका, युरोप चाहिन्छ । विश्व बैंक, एसियाली विकास बैंकसँग सहयोग लिइरहेका छौँ । कूटनीतिक सम्बन्धलाई पनि ध्यान राखेर राष्ट्रको हितका पक्षमा सांसदज्यूहरूले निर्णय गर्नुहुन्छ भन्ने विश्वास छ ।”

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ९, २०७८  १५:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro