काठमाडौं । प्रजातन्त्र दिवसको अवसर पारेर विभिन्न ९ वटा संस्थाहरूको संघ 'फिजियोथेरापी रिह्यबिलिटेसन सेन्टर एसोसिएसन नेपाल' (प्राण) गठन गरिएको छ ।
शुक्रबार साधारणसभा आयोजना गरी घोषणा गरिएको संघको कार्यक्रममा नेपालका पहिलो रिह्याबिलिटेसन डाक्टर, फिजियोथेरापी संघ, अकुपेस्नल थेरापी संघ, प्रोसथेसिस अर्थोसिस संघ तथा नास्फिरका अध्यक्षहरूसहित पुनर्स्थापनाका विज्ञहरूको सहभागिता थियो ।
भौतिक चिकित्सा तथा पुनर्स्थापना सेवालाई गुणस्तरीय, प्रभावकारी र मर्यादित बनाउँदै स्वास्थ्य सेवाको क्षेत्रमा योगदान दिन संगठित प्रयास गर्ने उद्देश्यले संघ गठन गरिएको नवनियुक्त संस्थापक अध्यक्ष हरिकुमार लम्सालले बताए ।
नेपालभित्र फिजियोथेरापी पुनर्स्थापना सेवा सञ्चालन गरिरहेका १५ शय्याभन्दा बढी क्षमताका संस्थाका सञ्चालकहरूले शुक्रबार सम्पन्न राष्ट्रिय भेलाले सर्वसम्मतिमा संघको विधान पारित गरेको छ । नयाँ विधानबमोजिम घको प्रथम कार्यसमितिको गठन भएको छ ।