site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
काठमाडौंमा बन्द र प्रदर्शनमा उत्रिएका १२० जना प्रहरीको नियन्त्रणमा, दुई प्रहरी घाइते
तस्बिर : हरिशजंग क्षेत्री/बाह्रखरी ।
Siddhartha BankSiddhartha Bank

काठमाडौं । काठमाडौंमा बन्द र अमेरिकी सहयोगसम्बन्धी परियोजना (एमसीसी)को विरोधमा उत्रिएका १२० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नयाँ बानेश्वरको निषेधित क्षेत्र तोड्न खोजेपछि प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको हो ।

प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुंगा प्रहार गरेपछि सामान्य बल प्रयोग गरिएको प्रहरीले जनाएको छ । प्रदर्शनकारीको ढुंगा लागेर दुईजना प्रहरी घाइते भएका छन् । प्रदर्शनकारीतर्फ समेत केही व्यक्ति घाइते भएका छन् ।

Agni Group
NIC Asia

आज बिहानैदेखि नयाँ बानेश्वर, बिजुलीबजार, बबरमहल क्षेत्रमा एमसीसीविरुद्ध प्रदर्शन गरिएको छ । सत्तासाझेदार दलहरू नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का कार्यकर्ता पनि प्रदर्शनमा उत्रिएका छन् ।

मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलगायत ६ दलले आज नेपाल बन्दको आह्वान गरेका हुन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ४, २०७८  १४:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय