अर्थ व्यवसाय
काठमाडौं । निर्जीवन बिमा कम्पनी हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले विजयबहादुर शाहलाई नयाँँ प्रमुख कार्यकारी अधिकृतको रूपमा नियुक्त गरेको छ । शाहले आजदेखि कार्यभार सम्हालेका छन् ।
निर्जीवन बिमा सेवाले बिमा क्षेत्रलाई नै अनुशासित र मर्यादित बनाउँदै आएको शाहले बताए ।
यसअघि कम्पनीमा २८ वर्षदेखि काम गर्दै सुशील बज्राचार्यले साढे ६ वर्षदेखि प्रमुख कार्यकारी अधिकृतको रूपमा काम गरेका थिए ।
कम्पनीका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठले बीमा क्षेत्रमा शाहको राम्रो अनुभव र बुझाइ रहेको बताए ।
प्रकाशित मिति: आइतबार, फागुन १, २०७८ २०:०६
प्रतिक्रिया दिनुहोस्