काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको छ ।
एमसीसी पारित गर्ने र चुनावी गठबन्धनका विषयमा छलफल भएको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ । उनीहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको थियो । छलफलमा प्रधानमन्त्री देउवाले आगामी बैठकमा एमसीसी अघि बढाउने तयारी गरिएको जानकारी गराएका थिए । तर सत्ता साझेदार दुई दलका शीर्ष नेता दाहाल र नेपालले चुनावअघि कुनै पनि हालतमा एमसीसी अघि बढाउन नमिल्ने र पास गर्न पनि नसकिने बताएका थिए ।
एमसीसीको विषयलाई लिएर अहिले सत्ता गठबन्धनमा विवाद बढेको छ ।
कांग्रेसभित्र पनि चुनावी गठबन्धन गर्न नहुने दबाब बढेपछि तीन नेताले यस विषयमा पनि कुराकानी गरेका थिए । तर कुनै पनि निष्कर्ष ननिकालिएको बालुवाटार स्रोतले जानकारी दियो ।