site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एक डाक्टरबाट 'यौन दुर्व्यवहार भोगेका' २०० बढी महिलालाई २५ करोड डलर क्षतिपूर्ति
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

लस एन्जेल्स । अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयले त्यहाँको क्याम्पसको एकजना यौनरोग विशेषज्ञद्वारा उत्पीडित भएको भनिएका २०० जना भन्दा बढी महिलालाई क्षतिपूर्तिस्वरूप झण्डै २५ करोड अमेरिकी डलर दिने सहमति जनाएको छ । 

थुप्रै महिलाहरूले विश्वविद्यालयको लस एन्जेल्स साइट (यूसीएलए)ले जानीजानी जेम्स हिप्स नामक ती विशेषज्ञलाई लगाइएको बिरामीहरूमाथि भएको यौन उत्पीडनको आरोप लुकाएको गुनासो गरेका छन् । 

सन् १९८३ देखि २०१८ सम्मको आफ्नो ३५ वर्ष लामो जागिरे जीवनको दौरान हिप्सले यूसीएलएको बिद्यार्थी स्वास्थ केन्द्रमा काम गरेका थिए । उनले यौन दुर्व्यवहार गरेका केही महिला क्यान्सर पीडितसमेत थिए । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

विश्वविद्यालयले सन् २०१७ सम्म हिप्सविरुद्ध परेको उजुरीमाथि छानबिन नगरी बसेको थियो । उनीविरुद्धका सयौँ उजुरी त्यसै नियतबस लुकाइएको पीडित महिलाहरूको भनाइ छ । बल्ल सन् २०१९ मा एकजना न्यायधीशले यौन व्यभिचार मुद्दालाई नै लिएर हिप्सको चिकित्सा अनुमति पत्र निलम्वन गरिदिएका थिए ।

अहिले आएर विश्वविद्यालयले आर्थिक क्षतिपूर्ति दिएर ती पीडित महिलाहरूसँग सहमति गरेको हो ।  

Royal Enfield Island Ad

सातजना महिलामाथि यौन दुर्व्यवहार गरेको २१ वटा अभियोग लगाइएका हिप्सले आफु दोषी नभएको बताउने गरेका छन् । यूसीएलएले जारी गरेको विज्ञप्तिमा भनिएको छ, "विश्व विद्यालयको मूल्य र मान्यता विपरीतको हिप्सको आचरण अपराध नै हो । हाम्रो पहिलो र सबैभन्दा ठूलो कर्तव्य भनेकै हामीले सेवा दिने समुदायहरूप्रति समर्पित रहनु हो । हामीलाई आशा छ यसरी आर्थिक क्षतिपूर्ति दिनु पनि पीडितहरूलाई चित्त बुझाउने र यस विवाद टुंग्याउने एक कदम सावित हुनसक्छ ।"

हिप्सको शिकार भएकी तथा स्तन क्यान्सर उपचारबाट बाँचेकी कारा क्यागलले लस एन्जेल्स टाइम्सलाई भनेकी छन्, "आज आठ वर्षपछि बल्ल ममाथि भएका दुर्व्यवहारको सुनुवाइ भएको छ ।"

तर, यो क्षतिपूर्तिले हिप्सविरुद्ध ३०० भन्दा बढी बिरामीले दायर गरेका मुद्दाको कारबाही भने नरोकिने बताइएको छ ।

गत जुलाईमा एकजना संघीय न्यायाधीशले हिप्सविरुद्ध उजुरी दिने ५ हजार ५ सय जना भन्दा बढी महिलालाई दिन ७ करोड ३० लाख डलर अनुमोदन गरेका थिए ।

गत महिना युनिभर्सिटी अफ मिचिगनले चार दसक लामो समय त्यहाँ सेवा गर्ने एक खेलकुद डाक्टरको यस्तै यौन दुर्व्यवहारको शिकार भएका एक हजार भन्दा बढी व्यक्तिहरूलाई ४९ करोड डलर क्षतिपूर्ति दिन सहमति गरेको थियो । 

बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २६, २०७८  २०:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro