site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
रेलिगेसन टार्ने प्रयासमा च्यासल र पुलिस
Siddhartha BankSiddhartha Bank

काठमाडौंं । अधिकांश खेलाडी कोभिड–१९ संक्रमित भएपछि स्थगित भएको च्यासल युथ र नेपाल पुलिस क्लबबीचको खेल बुधबार हुँदैछ । दुवै टोली रेलिगेसन क्षेत्रबाट माथि उक्लने प्रयासमा भएकाले पनि बुधबारको खेल महत्वपूर्ण हुनेछ । 

नवौँ चरणको खेलमा च्यासल युथका १९ खेलाडी कोभिड–१९ संक्रमित भएपछि अन्तिम अवस्थामा खेल स्थगित भएको थियो । आठ खेलबाट सात अंक जोडेको नेपाल पुलिस क्लब ११औं स्थानमा छ । जुन च्यासल युथभन्दा दुई अंकले माथि हो । समान खेलबाट ५ अंक जोडेको च्यासल रेलिगेसन क्षेत्रमा छ ।

च्यासलले विजय हासिल गरे रेलिगेसन क्षेत्रबाट माथि उक्लिनेछ । पुलिसले जितेमा नवौँ स्थानको एपीएफसँग अंक बराबरी गर्नेछ । पुलिस आधुनकि लिगमा उपाधिमाथि ह्याट्रिक गर्ने टिम हो । तर पुलिसलाई अहिले पुरानो विरासत जोगान हम्मेहम्मे परेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

पुलिस क्लबले २०६३, २०६६/०६७ र २०६८ मा लगातार लिगको उपाधि जितेको थियो । तर त्यही पुलिस क्लब अहिले रेलिगेसनको संघारमा उभिएको छ । 

पुलिसले उपाधि जित्दाको एक महत्वपूर्ण सदस्य अनन्तराज थापा अहिले टिमको डगआउटमा छन् । उनी टिमलाई रेलिगेसनबाट जोगाउने विश्वस्त छन् । भन्छन्, “हामी भोलिका लागि पूर्ण रूपमा तयार छौँ । भोलिको खेल जित्ने बित्तिकै हामी रेलिगेसनको तनावबाट सहज स्थितिमा पुग्नेछौँ ।”

Global Ime bank

२०७५ को लिगमा च्यासल र नेपाल पुलिसले २–२ को बराबरी खेलेका थिए । त्यो भन्दा अघि सम्पन्न विना रेलिगेसनको लिगमा भने नेपाल पुलिसले च्यासलाई २–० ले पराजित गरेको थियो । 

“हामीलाई तीनको अंकको खाँचो छ । हाम्रा सबै खेलाडी फिट छन्,” पुलिसका मुख्य प्रशिक्षक थापाले थपे, “च्यासल पनि नराम्रो टिम होइन । मैले पहिले देखी नै भन्दै आएको छु की यसपटक लिगमा सबै टिम १९/२० का छन् । भोलिको खेल पनि प्रतिस्पर्धात्मक हुनेछ । हामी तीन अंक लिनका लागि तयार छौँ ।”

पुलिस क्लबले पछिल्लो खेलमा ब्रिगेड ब्वाइजसँग १–१ को बराबरी खेलेको थियो भने साविक विजेता मछिन्द्रसँग १–० ले पराजित भएको थियो । त्यस्तै संकटासँग गोलरहित बराबरी खेलेको च्यासलले अघिल्लो खेलमा मनाङ मर्स्याङ्दीसँग ५–० ले पराजित भएको थियो । 

लिग खेल्न जापानबाट नेपाल आएका सन्तोष साहुखल भने फर्किसकेका छन् । उनको अभाव भने च्यासललाई हुनेछ । च्यासलका बालगोपाल साहुखलले संकटा र मनाङसँग आफ्नो टोलीले राम्रो खेले पनि नतिजा निकाल्न नसकेको बताए । 

“लामो समयको ग्याप भएपनि हामीले पछिल्लो १० दिनमात्र प्रशिक्षण गरेका छौँ । भोलिका लागि हाम्रो तयारी राम्रो भएको छ,” च्यासलका प्रशिक्षक साहुखलले भने, “हामीले मनाङ र संकटाविरुद्ध पनि राम्रो प्रदर्शन गरेका थियौँ । तर नतिजा निकाल्न सकेका थिएनौँ । पुलिसविरुद्ध हामी नतिजा निकाल्नका लागि खेल्नेछौँ ।”

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २५, २०७८  १९:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement